काठमाडौं, असोज २९ । नेपाली कांग्रेसको प्रमुख भातृसंस्था नेपाल विद्यार्थी संघको १३ औँ महाधिवेशनमा ३१ वर्षे उमेर हदबन्दी लागेसँगै महाधिवेशनको सरगर्मी बडेको छ ।
नेबिसंघको वर्तमान केन्द्रीय कार्य समितिको दुई वर्षे कार्यकाल समाप्त भएपछि संघमा केन्द्रीय समितिमा रहेका विद्यार्थी नेताहरु नै अध्यक्ष उपाध्यक्ष महामन्त्रीलगायत प्रमुख पदका दाबेदार छन् ।
नेपाली कांग्रेसको नर्सरीको रुपमा लिइने नेविसंघलाई कांग्रेसभित्र प्रमुख शक्तिको रुपमा लिइन्छ । परिणामस्वरुप नेविसंघलाई कांग्रेस वृतमा कसले आफ्नो पोल्टामा पार्ने भन्ने ध्याउन्नमा यतिवेला संस्थापन र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरहरु रातदिन चुनावी अंक गणितमा व्यस्त देखिन्छन् ।
पार्टीका अन्य भातृ संस्थाहरुमा पराजय व्यहोरे पनि पार्टी सभापति देउवा कुनै पनि अवस्थामा ३२ बर्षे उमेर हदबन्दी कायम गरेरै महाधिवेशन गर्नुपर्ने पक्षमा देखिएका छन् ।
बिजया दशमीको कारण चहल पहल तिव्र रुपमा नबडे पनि विद्यार्थी नेताहरु जिल्ला जिल्लामैसमेत पुग्ने गरेका छन् । यसरी नेविसंघको आगामी नेतृत्वमा दाबी गर्नेहरुमा संस्थापन पक्षबाट प्रेमराज जोशी नै निर्विकल्प उम्मेदवार हुन् । संस्थापन पक्षकै उपाध्यक्ष पवन यादव, अम्बिका चलाउने र प्रकाश घिमिरे पनि आकांक्षी देखिए पनि जोशीको पल्लाभारी हुने निश्चित छ ।
बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट वर्तमान उपाध्यक्ष सागर परियार र कोषाध्यक्ष शिव रिमाल आकांक्षी हुन् रिमाल पौडेलका निकट हुन् भने परियार महामन्त्री ससांक कोइरालाले रुचाएका पात्र हुन् । उता पार्टी सभापति शेर बहादुर देउवासंग बार्गेनिङ्ग गर्दै आकार बढाए पनि निष्प्रभावी देखिएको कृष्ण सिटौला समुहबाट पुर्व केन्द्रिय सदस्य गणेश सापकोटा, दुजाङ सेर्पा र नवराज त्रिपाटी अध्यक्षका दाबेदार हुन् ।
यसपालि रामचन्द्र पौडेल पक्षसँग सहकार्य गरेर परिणाम हात पार्ने रणनितिमा रहेपनी महामन्त्री शसाङ्क कोइराला भने देउवासँग सहकार्य चाहान्छन् । यस्तै नेबिसंघमा कार्यकारी मानिने महामन्त्री पदमा सबैभन्दा धेरै आकांक्षीहरु हुने र पार्टी नेतृत्वलाई व्यवस्थापनका लागि अप्ठयारो हुने आँकलन गरिएको छ ।
संस्थापन देउवा पक्षबाट तारक के.सी, चन्द्र विक, मेघा शाही, गिता गुरुङ, मिरा कटुवाल महामन्त्री पदका बलिया दाबेदार हुन् । देशैभर बलियो सम्र्पक सुत्र भएका र विद्यार्थी नेता कार्यकर्ताहरुसँग सहज पहुँच स्थापित गरेका सबै आकांक्षीहरु व
र्तमान केन्द्रिय समिति सदस्यहरु हुन् ।
त्यस्तै बरिष्ठ नेता पौडेल पक्षबाट रामचन्द्र भट्टराई आरसी, एलिजा ढकाल, पुजन गन्र्धव, ममता राई, कल्पना खड्का देखिएका उम्मेदवार हुन् । त्यस्तै सिटौला पक्षबाट रत्नहरी ढुंगेल, शुसिल भटट, शैलेन्द्र गौडेल, निरञ्जन थापा, उमेश थापा लगायत आफुलाई महामन्त्रीको रुपमा उभ्याउन चाहान्छन् ।
त्यस्तै उपाध्यक्षमा टंक पाण्डे, पुनम लामा, रेखा परियार, अर्जुण बम, राम प्रसाद अधिकारी, ममता महतो, प्रेमिका राणा, फिरोज आलम, हुकुम मगर, मनिषजंग थापा, जानुका पन्त दाबेदारहरु हुन् ।
मातृ पार्टीको महासमिति बैठकपछि महाधिवेशन केन्द्रित हुने संघमा आगामी महाधिवेशनले दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने भएकोले पनि आसन्न महाधिवेशनलाई चासो पुर्वक हेरिएको छ ।