जनतासँगको सहकार्यमा मेयर रावल गाउँगाउँमा

– हेमन्त के सी
जाजरकोट, श्रावन १ । त्रिवेणी नलगाड नपाका मेयर चुनावको समयमा व्यक्त गरिएका प्रतिवद्धताहरु छनोट गर्न गाउँगाउँमा पुगेका छन् । वस्ती स्तरवाट जनतालाई आवश्यकता परेको ठोस योजना वनाउन मेयर टेकवहादुर रावल गाउँगाउँमा पुगेका हुन् । साविकका ४ गाविसलाई मिलाएर त्रिवेणी नलगाड न.पा. वनाएपछि त्यहाँको भुभाग पनि ठुलो भएको छ ।

योजना डुव्लिकेशन हुँन नदिन र काम नगरि खाने प्रवृती विरुद्ध मेयर रावल निर्मम भएर जनताको आवश्यकता पुर्तिका लागि लागेका छन् । विगतका योजनाहरु कडाईका साथ अनुगमण गर्नुका साथै अव वन्ने योजना वस्तुवादी वनाउन उनी सल्लाह माग्दै गाउँ गाउँमा पुगेका हुँन् । वडा अध्यक्षलाई साथमा लिएर गाउँ गाउँमा पुग्दा जनताहरु अनौठो मान्ने गरेका छन् । योजना वनाउदा अपनाउनु पर्ने विधी प्रकृया र चरणका विषयमा सवै जनता र जनप्रतिनीधिलाई वुझाउन सावन २ गते देखि विज्ञ वोलाएर प्रशिक्षण सञ्चालन गर्न लागिएको मेयर रावलले जानकारी गराए । नगरपालिकामा ईन्टरनेट विस्तारका लागि र सुचनाको प्रभावकारी विस्तारका लागि सञ्चारमन्त्रालयलाई पत्राचार भईसकेको उनले वताए । नलगाड जलविद्युत आयोजना ( ४१० मेघावाट ) तासुँगाड जलविद्युत आयोजना (४ मेघावाट ) यहि नपा भित्र पर्दछन् ।

कुचो समाएर दैनिक सरसफाईमा मेयर दैनिक वजार क्षेत्र फोहोर भईरहेको समयमा त्रिवेणी नलगाड नपाले दैनिक सरसफाई अभियान थालेर टेकवहादुर रावले आफुलाई नमुना मेयरको रुपमा चिनाएका छन् । जनताको घर आँगनका सम्पूर्ण पक्ष नियाल्दै यी मेयरले दैनिक दिन विहानै कुचो समातेर यहाँको दल्ली , कालीमटी ,वगारा लगाएका मुख्य वजारमा सरसफाई हुँदै आएको छ । जथाभावी फोहोर फाल्नेलाई पहिलो पटक सम्झाउने , दोस्रो पटक नमानेमा जरिमाना गर्ने लगाएका काम हुँने गरेको मेयर रावलले लागु गरेको वताएका छन् ।

सम्वृद्धी विकास खोज्न वाहिर जानु पदैन ,आफैवाट सुरु गर्नुपर्छ भन्दै यहाँको नगरपालिकाले त्यसको अगुवाई गरेको नपाका कार्यक्रारी प्रमूख सुरेन्द्र सिंहले वताए । दैनिक मेयर र कर्मचारीहरु कुची समातेर सडक , वजारमा सरसफाईमा व्यस्त देख्दा स्थानीयहरु पनि स्वत स्र्फुत तरिकाले सरसफाई अभियानमा सहभागी हुँने गरेका छन् । अहिले वजारमा पलास्टिक , अन्य फोहोर वस्तु कसैले पनि जथाभावी निकाल्ने काम वन्द गरेको कार्यकारी सिंहले वताए । हामी हाम्रो नपावाट अरुले सिकुन भन्ने चाहान्छौँ सिंहले भने । त्यस्तै भेरी नपाले वातावरण हराभरा वनाउन अभियान थाल्ने भएको छ ।