सम्मेलनमा भाग लिन नेपाल आएकी सू की आज स्वेदेश फिर्ता

काठमाडौँ, मंसिर १६ । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपाल आएकी म्यान्माकी स्टेट काउन्सिलर आङ सान सू की आज स्वदेश फर्किएकी छिन् ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेत्री सू कीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरेका छन् ।

उनी नेपालको औपचारिक भ्रमणका लागि यही मङ्सिर १३ गते काठमाडौँ आएकी थिइन् । शनिबारदेखि भएको उक्त सम्मेलन आज सम्पन्न हुनेछ ।