शिखर सम्मेलनका लागि नेपालको भ्रमणमा रहेका कोलम्बियाका पूर्वराष्ट्रपति आन्द्रेस पास्त्रानाले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका छन् ।
आफ्नो मुलुक पनि द्वन्द्वबाट शान्तितर्फ अघि बढिरहेका सन्दर्भमा पास्त्रानाले नेपालको शान्ति प्रक्रियाको सफलता तथा प्रधानमन्त्री ओलीको विकास र समृद्धिको सोचबाट प्रभावित भएको बताएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले जनाए ।
उनीहरूबीच दुई देशबीच व्यापार र लगानीका साथै कूटनीतिक सम्बन्ध विस्तार गर्न पनि छलफल भएको थियो ।
0
Shares