*****कविता *****
बाघको छालामा स्यालकाे दाईं ।
सम्धीकाे खेतमा पुषमा राेपाईं ।।
यस्तै छ समाजकाे चलाख्याईं ।
मंसिरमा क्रीस्चियनकाे बद्ख्वाईं ।।
पहिले पशुपति अाफैले देखेनाै ।
त्यसै धार्मिक साम्राज्य मेटेनाै ।।
धर्म निरपेक्षले सास्ती खाँदैछ ।
उसैले भ्याटिकन सिटी लाँदैछ ।।
टाउकेकाे विदेश घुम्ने रहर मरेन ।
कत्तिकै लुट्दा पनि ढुकुटी भरेन ।।
स्विस बैंक उनैका पैसाले भरीयाे ।
तर अासामी ऋण अझै तुरिएन ।।
यी पुर्व जन्ममा अासामी रहेछन् ।
यिनले म्लेच्क्षेकाे ऋण खाएछन् ।।
अहिले तिर्दैमा हैरान भएका छन् ।
याे जन्ममा नेपालकाे खाएका छन् ।।
अागतकाे जन्ममा चाकर बन्नेछन् ।
फेरि ऋण तिर्दैकाे शास्ती हुनेछन् ।।
कहिल्यै भरिदैन तृष्णाकाे झाेला ।
पाखण्डिलाई कदापी माफि नहाेला ।।
0
Shares