नेपालगञ्ज, मंसिर २३ । प्रदेश नं ५ ले १२ वटै जिल्लाका आवधिक वर्षीय आवधिक योजना निमार्णका लागि गोष्ठीको आयोजना गरिएको छ ।
आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा गुलरीयामा आयोजित योजना तर्जुमा गोष्ठीमा संघीय मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले उक्त कुरा जनाउँदै कर्णाली नदी र बबई नदीको पानी व्यस्थापन गरी बर्दियालाई हरियाली जिल्ला बनाउने र त्यहाँका आठै स्थानीय तहको मोटरबाटोलाई सुविधा सम्पन्न बनाइने बताएका छन् ।
अहिलेसम्म १५ वटा ऐन निर्माण भइसकेको र बाँकी ऐन आगामी प्रदेशसभाको बैठकले प्रक्रियामा अगाडि बढाउने उनले जनाएका छन् ।
बर्दिया नेपालकै अन्नको भण्डार भएकाले सबै जिल्लामा खाद्यान्न पुर्याउने लक्ष्य सहित त्यहाँ कृषिको विकास र औद्योगीकरणका लागि योजना निर्माण गर्न आठै स्थानीय तहका प्रमुखलाई मन्त्री केसीले अनुरोध गरे ।
0
Shares