कर्मचारी समायोजन अझै टुङ्गो लागेन

ललितपुर, मङ्सिर २८ । ललितपुर महानगरपालिका भित्र कति कर्मचारी आवश्यक पर्ने भन्ने एकिन तथ्याङ्क नहुँदा महानगरपालिकाका भित्र अन्यौलता छाएको छ । कर्मचारी सबै महानगर प्रमुखले नै सिधै निर्णय गर्न नसक्ने प्रावधान भएकाले समस्या अझै सुल्झिन सकेको छैन् ।

कर्मचारीको संरचना बन्न नसक्दा महानगरपालिकामा कति कर्मचारी चाहिने भन्ने टुङ्गो लाग्न समेत लाग्न सकेको छैन् । उपमहानगरपालिकाका कर्मचारी र अहिले जिल्लाका विषयगत कार्यालयबाट आएका कर्मचारी कार्यरत छन् । नेपाल सरकारका कर्मचारी समायोजन नभएकाले महानगरलाई कति कर्मचारी आवश्यक पर्छ भनेर तय हुन नसकेको प्रवक्ता राजु महर्जनले जानकारी गराए ।

जिल्लाका विषयगत कार्यालयले गर्ने कामसँगै त्यहाँ कार्यरत कर्मचारी महानगरपालिकामा काजमा आएको उनले बताए । सबै कर्मचारी महानगरपालिकामा आवश्यक छ÷छैन् वा त्योभन्दा बढी चाहिन्छ भन्ने त्यसपछि नै टुङ्गो लाग्ने उनले जानकारी गराए । महानगरपालिकामा विषयगत कार्यालयका कर्मचारी आए पनि ती भवन र भौतिक सम्पत्तिको स्वामित्व भने अझै नआएको उनले स्पष्ट पारे ।

उपमहानगरपालिका हुँदाको भवन अहिले अपर्याप्त हुँदा सेवाग्राही र कर्मचारी दुवै हैरान छन् । महानगरपालिकामा भएका भवन कसले पाउने टुङ्गो लागे महानगरपालिकालाई सहज जानकारी दिँदै प्रवक्ता महर्जनले भने, कर्मचारीले काम गर्न कोठा, टेबुल कुर्सी नै पाएका छैनन् भने यसको असर सेवाग्रहीलाई पनि परेको छ ।

विषयगत कार्यालयका धेरै कर्मचारी आउन चाहे पनि व्यवस्थापन गर्न नसकेकाले लिन नसकिएको महानगरपालिकाले जानकारी गराएको छ ।