काठमाडौँ, पुस १ । नेपाल एसबीआई बैंक लिमिटेडले आर्थिक वर्ष २०७४ र ७५ मा गरेको मुनाफाबाट करिब १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंकले पाँच प्रतिशत शेयर लाभांश र दश दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले सो लाभांश प्रस्ताव गरी आज नेपाल स्टक एक्सचेञ्जलाई जनाएको हो ।
सो प्रस्तावलाई नेपाल राष्ट्र बैंक र बैंकको साधारणसभाले स्वीकृति दिएपछि शेयरधनीलाई वितरण गरिनेछ ।
0
Shares