बि पि कोइराला लाइ चिट्ठी

बाबुराम गौतम

आदरणीय नेपाली इतिहासकै शीर्ष राज नेता बिपि कोइराला ज्यु हार्दिक नमन गर्दछु। तपाई ले हामी लाई छाडि गएको पनि अब निकै बितिसकेको छ । म सानै छदा तपाई यश धर्ती बाट सदा का लागि अन्तर्ध्यान भै सक्नु भएको थियो। त्यस अर्थ मा तपाईं सङ्ग प्रत्यक्ष भेट्न् पाइन । अल्पायु मै तपाई लाई क्यान्सर जस्तो प्राण घातक रोगबाट पीडित बन्नुपरेको थियोे । जे जस्तो परे पनि तपाईले रास्ट्र र जनता प्रति अबिचलित पक्ष पोषण गरेरै आफ्नु अमुल्य जीवनका अन्तिम सास फेर्नु भयो । त्यस का लागि म मन भित्र देखि तपाई लाई नमन गर्न चाहान्छु। हुन त पुर्बाग्रह पीडित नेपाली समाज ले तपाई लाई नाङ्गो पार्न केही बाकी राखेको अबस्था होइन । यो चिट्ठी लेखिए पछी एक थरी कुपमन्डुक हरु ले मलाई समेत नानाथरी आरोप लगाउन सक्ने छन । तथापि सत्य त सत्य नै हुन्छ नि। तपाईंको नेतृत्वदायी पहलमा नेपाली जनता ले जाहानिया राना शासन को अन्त भै बहुदलीय प्रजातान्त्रिक प्रणाली को स्थापना भएको । लेख्न पढ्न नपाई अँध्यारोमा बस्न बाध्य हाम्रो बाजे पुस्ता लाई खुला आकाश को बिचरण गराएको तपाईं कै नेतृत्वमा थियो । त्यसैले तपाई इतिहास पुरुष हुनुहुन्छ ।तपाई नेपाली मात्र ले कहिलै नबिर्सने पात्र बन्नु भएको छ ।

तर दुखको कुरा तपाईं र तपाईंको पुस्ता ले त्यत्रो बलिदान गरेर ल्याउनु भएको प्रजातान्त्रिक प्रणाली तपाईंहरू कै कमजोरी का कारण गुम्न पुग्यो । यश मा मेरो मत यति हो कि प्रजातान्त्रिक प्रणाली ल्याउन भन्दा जोगाउन झन गाह्रो हुने कुरा तपाई ले बुझ्नु भएन वा बुझेर पनि त्यसको बचाउ को लागि यथेष्ट तयारी गर्नु भएन भन्ने हो। जस को फाइदा राजा महेन्द्र लाई भयो र 017 पुस मा कु गरियो ।तपाई लाई जेल हालियो त्यस पछी तपाईंको दिन सकिए। अनि हाम्रो पुस्ता ले 047 मा पुन आन्दोलन गर्नु पर्यो अनि बल्लतल्ल सैयौको बलिदानी पछी बहुदलीय प्रजातान्त्रिक प्रणाली पुनःस्थापन गरियो । पहिला तपाईंको पालामा पाएको दुखले काङ्ग्रेस सुध्रेको आशा गरिएको थियो तर परिणाम उल्टो आयो। 048 को आम चुनाव मा बहुमत प्राप्त नेपाली काङ्ग्रेस मा एति धेरै दम्भ आयो कि राजाको भन्दा बढी तानाशाही को अनुभुती जनता ले गर्न थाले । त्यही जन असन्तोष को जगमा माओवादी ले जनयुद्धको सुरुवात गर्यो। करिबकरिब 10 बर्ष को गृहयुद्धको राप र ताप को बिचमा राजा बिरेन्द्रको वंश नाश पछी अपुतालि स्याहार्न आएका राजा ग्यानेन्द्र ले 059 मा पुन सर्बाधिकार कब्जामा लिए। जनयुद्धको क्रममा राज्य र बिद्रोही दुबै तर्फ गरि करिब बीस हजार नेपाली को बलिदान पछी देसका सात राजनीतिक दल माओवादी सङ्ग सहकार्य गर्न तयार भए जस्को मुख्य घटक तपाई कै पार्टी नेपाली काङ्ग्रेस थियो ।अन्त मा सात दल र माओवादी बीच भएको 12 बुदे सहमति को जगमा सप्पन्न 19 दिने जनआन्दोलन को बलमा गणतन्त्र मा आइपुगेका छौ।
आदरणीय बिपि कोइराला ज्यु ,
तपाईंको युग मा शाह बन्शिय निर्दलिय राजतन्त्रात्मक शासन ब्यबस्था थियोे । जतिबेला प्रजातन्त्र अलि टाढा को बिशय थियोे । बिदेशी भुमिमा लामो समय सम्म निर्वासित रहदा तपाई र तपाईंको सिङ्गो पार्टी लाई अरास्ट्िय तत्व को आरोपमा आरोपित गरिएको थियोे । यस्तो बेला मर या गर को अबस्थामा धेरै तिर बाट बिचार पुर्याएर घर फिर्तीका लागि तपाई ले तयार पार्नु भएको सैद्धान्तिक जग थियोे रास्ट्िय मेलमिलाप नीति। आफू र आफ्नो दल माथि लागेको अरास्तृय को आरोप खण्डन गर्न ,भारतीय अहंकारवाद लाई जबाफ दिन र नेपाल भित्रै बसेर प्रजातान्त्रिक आन्दोलनको बाताबरण सिर्जना गर्न ,सिङ्गो काङ्ग्रेस लाई देशको प्रजातान्त्रिक आन्दोलनमा होम्न र प्रजातान्त्रिक माहोल शृस्टि गर्न तपाईंले चाल्नु भएको एक रणनीति थियोे त्यो। भनिन्छ हर नयाँ निति पुर्ण कार्यान्वयन हुन समय लाग्छ । तपाईंले मेलमिलाप निति मार्फत पुरा गर्न खोजेको भित्री अभिस्ठ तपाईंको जीवनकालमा सम्भब नभए पनि 046 मा नेपाली जनता ले पुरा गराइ छाडे। 046 को जनआन्दोलन तपाईंको त्यही मेलमिलाप निति कै कारण सम्भब भएको थियो ।
तथापि तपाईंले एउटा विशिष्ट काल खण्डमा ल्याउनु भएको मेलमिलाप नितिको समयको बदलाब सङ्गै बिकास गर्नु त कता हो कता आजको नेपाली काङ्ग्रेस उल्टो दिशामा हिडिरहेको भान हुन्छ । हर साल आजकै दिन नेपाली काङ्ग्रेस ले मेलमिलाप दिवस मनाउने गरेको त छ । तर आजको मेलमिलाप को सङ्ग ? के का लागि ? त्यासको उचित जबाफ आजका काङ्ग्रेस जन सङ्ग भए जस्तो देखिन्न । अझ गजबको कुरा त यो छ कि तपाई का उत्तराधिकारी आजका काङ्ग्रेस जन उहीँ मरिसकेको राजतन्त्र लाई मसान बाट फर्काएर उहीँ तपाईंको पालाको राज सिङ्ह्हासन मा बिराजमान गराउनु लाई तपाईंको रास्ट्रिय मेलमिलाप निति को रूपमा अथ्र्याउन पछी पर्दैनन् । आदरणीय नेता ज्यु ,कमसेकम यतिबेला धेरै अघि बढीसकेको समाज लाई पछाडी फर्काउन होइन बरु अग्रगतिको नेतृत्व गर्न नेपाली काङ्ग्रेस अग्रसर हुनपर्ने होइन ?म पनि नेपाली काङ्ग्रेसको समर्थक नभए पनि यो देश को लोकतान्त्रिक आन्दोलन को एक सिपाही हुनुको नाताले बिना हिच्किचाहट तपाई प्रति असिम सम्मान प्रकट गर्दछु।
तपाईंको नेतृत्व मा भएका सबै जनआनदोलन को समर्थन गर्दछु र तपाईंको नेतृत्व मा हाम्रो देश नेपाल एक कदम अगाडि बढेकाे पुर्ण तया बिश्वास गर्दछु। अन्त मा पुन एक पटक अभिबादन व्यक्त गर्दै यश पत्र बाट बिदा चाहान्छु। उहीँ तपाईंको क्याप्टेन यज्ञबाहादुर थापा को जिल्ला बाशी बाबुराम गौतम ।