‘समयमै महाधिवेशन गर्न सके पार्टी सुदृढीकरण र बलियोे हुने’

विराटनगर, पुस १७ । पार्टीको १४औं महाधिवेशन समयमा नै हुनुपर्नेमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले जोड दिएका छन् ।

नेपाल प्रेस युनियन मोरङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले कांग्रेस नेतृत्व तहले २०७६ फागुन मसान्तभित्रमा महाधिवेशन गर्न सक्यो भने पार्टी सुदृढीकरण र बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

कांग्रेस धार्मिक स्वतन्त्रता र सहिष्णुतामा विश्वास गर्ने पार्टी भएको उनको भनाइ छ । नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण हुनुपर्ने र लोभमा धर्म परिवर्तन गराउने खेल बन्द गर्नुपर्नेमा उनले जोड दिए ।

उनले धर्म र राजनीतिक अलग अलग विषय भएपनि पार्टीको महासमिति बैठकमा हिन्दू राष्ट्रको चर्चा भएको बताए ।