ओखलढुडंगा,, उपभोक्ताहरुले जम्मा गरेको र विभिन्न निकायबाट रकम संकलन भएको रकम उपभोक्ता समितिका अध्यक्ष चम्पा कार्कीले हिनामिना गरेपछि ओखलढुंगा को सुनकोशि गॉउपालिका स्थित सिम्ले मुलखर्क लधुजलविद्युत योजना अलपत्र परेको छ ।
८ सय ४२ घरधुरी उपभोक्ता र साविक मुलखर्क फेदिगुठ गाविस, जिल्ला विकास समिति, जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालय र भु संरक्षण कार्यालयको तर्फबाट उपलब्ध भएको ४५ लाख भन्दा बढि रकम दुरुपयोग गरिएको हो ।
त्यसैगरी वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र ललितपुरबाट सझौक्ता भएको १ करोड ४५ लाख अनुदान बापतको पहिलो किस्ता बापतको रकम समेत झ्याम पारेको स्वयम उपभोक्ता समितिका पदाधिकारीको गुनासो रहेको छ ।
२०६८ देखि शुरु गरिएको योजनाको पहिलो चरण उपभोक्ताबाट उठेको रकमबाट पावरहाउस निर्माण गर्न १ आना जग्गा १ लाख ५० हजारमा खरिद गरिएको भएपनि उपभोक्तालाई ६ लाखमा खरिद गरेको वील भरपाई देखाएर रकम दुरुपयोग गरेपछि त्यतिखेरै उपभोक्ताले निराशा देखाएका थिए । ८ बर्ष पहिले देखि शुरु गरिएको लधुजलविद्युत योजनाको अहिले सम्म फिल्डमा हेर्दा देखिने काम केही भएको छैन, तर समुदायबाट उठाएको र विभिन्न निकायबाट लिएको रकम पनि खर्च भई सकेको छ ।
यति ठुलो रकम हिनामिना भएको भए पनि स्थानिय तहले त्यसको खोजी नगरि दिएको गुनासो उपभोक्ताहरुले गर्दै आएका भएतापनि स्थानिय सरकारको गठन पश्चात दुरुपयोग गरेको रकमको खोजी नभएको भन्दै उपभोक्ताको आशा पनि समाप्त भई सकेको एक स्थानियले गुनासो गरेका छन ।
सुनकोशी गाउपालिकाले बक्ती बल्ने कुनै संभावना नदेखिएपछि चालु आ.व. ०७५/०७६ बाट केन्द्रिय प्रसारण लाइन विस्तार गर्ने योजना अघि बढाएको बताइएको छ ।
कार्की र श्रीमान अनिल योगीले लघुजलविद्युत योजना, व्यवसायिक कृषि योजनाबाट लिएको व्यवसायिक खेति खोर्सनी र व्यवसायिक बाख्रापालन १०/१० लाख गरी २० वीस लाख रकम हिनमिना गरिरएको भएता पनि शक्तिको आडमा कसैले खोजी नगरेको स्थानियहरुको भनाई रहेको छ ।
कार्कीले फलाटेभञ्ज्याङ्ग फेदिगुठ सडकको लागि छुट्टयाएको ५० हजार रकम ढुंगापनि फलाटेभञ्ज्याङ्ग सिस्नेरीभञ्ज्याङ्ग सडक योजनाको रकम समेत हिनामिना गरेको भएता पनि खोजी गरिएको छैन ।