लोकसेवाले माग्यो नौ सय सुब्बा

काठमाडौं, पुस २५ । लोक सेवा आयोगले खुला र समावेशी प्रतियोगितात्मक परीक्षाबाट नायव सुब्बा पदमा विज्ञापन खुलाएको छ । राजपत्र अंकित प्रथम श्रेणी (अप्राविधिक) मा लोक सेवाले पदपूर्तिका लागि आवेदन खुलाएको हो ।

बुधबार गोरखापत्रमा सूचना प्रकाशित गरेर लोक सेवाले अनलाइनबाट पनि फारम भर्न सकिने बताएको छ । psconlinepsc.gov.np मा गएर आवेदन दिन सकिने बताइएको छ ।

लोक सेवाले न्याय, परराष्ट्र, लेखा परीक्षण, व्यवस्थापिका संसद सेवामा नायव सुब्बाका लागि आवेदन खुलाएको हो । लोक सेवाको दीपायल, सुर्खेत, बुटवल, पोखरा, काठमाडौं, जलेश्वर र धनकुटा कार्यालयले विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन गरेका हुन् ।

आवेदन दिन खुलाका लागि चार सय रुपैयाँ र समावेशी कोटाका लागि छ सय रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ । आवेदनका लागि माघ १५ गते सम्मको समय तोकिएको छ ।

माघ १५ सम्म १८ वर्ष पुग्ने तथा ३५ वर्ष ननाघेकोले आवेदन दिन सक्नेछन् । महिला, अपांगको हकमा ४० वर्ष ननाघेको र बहालवाला स्थायी निजामती कर्मचारीको हकमा उमेरहद नलाग्ने सूचनामा उल्लेख गरिएको छ ।