ईमानकाे खडेरी ……….

****** कविता ******

श्रमकाे महत्त्व नभएकाे देश ।
कामदार बन्न काेहि चाहँदैन ।।
कुराले खानेहरु कराेडपति भए ।
तिनपुस्ते कामदार राेगाएर गए ।।

काम गर्ने काममा नै ब्यस्त छन् ।
ठगहरु कुराले कुम्ल्याउन मस्त ।।
कामदारलाई छि छि गर्छन् यहाँ ।
फटाहालाई सम्मानकाे खादामा ।।

कुराैटेलाई साेफामा बसाईन्छ यहाँ ।
भराैटेबाट भुष भरिन्छन् भलाद्मी ।।
उचित सरसल्लाह कसैले मान्दैनन् ।
उल्लु बनाउन उल्क्याउनेले उछिन्छ ।।

साधुलाई सुली चाेरलाई चाैताराे ।
बेईमानलाई कुम्ल्याउनै हताराे ।।
श्रीखण्ड ढालेर चिलाउने पाल्नेहरु ।
गदाहा नुहाएर गाई बनाउने सिल्पिहरु ।।

आज सत्यकाे बाेलवाला मरिसक्याे ।
ईमान बेईमानकाे चँगुलमा परिसक्याे ।।
कलिकाे पाँच हजार बर्ष विति सक्याे ।
अब त भगवान समेत बसाईं सरिसके ।।