गोरखा, माघ १६ । निर्माण सम्पन्न खानेपानी आयोजना गोरखाको बारपाक सुलीकोट गाउँपालिका–२ राङरुङमा स्थानीयवासीलाई हस्तान्तरण गरिएको छ । नेपालका लागि मङ्गलबार उक्त आयोजना स्थानीय उपभोक्ता समितिलाई फिनल्याण्डका राजदूत पोटी एन्टिनेटले हस्तान्तरण गरेका हुन् ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामबहादुर गुरुङले सो आयोजना कूल रु आठ लाख १५ हजारमा निर्माण भएको बताए । युनिसेफको सहयोगमा निर्माण भएको आयोजनाबाट त्यस क्षेत्रका बासिन्दा लाभिान्वित भएका छन् ।
भूकम्पपछि खानेपानीको समस्या हुँदा त्यहाँ खानेपानीको आयोजना निर्माण गरिएको थियो । युनिसेफ र श्री स्बारा सघन गाउँ विकास केन्द्र गोरखाको साझेदारीमा उक्त आयोजना निर्माण सम्पन गरिएको जानकारी पाइएको छ ।
0
Shares