काठमाडौं, माघ २८ । सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारको कामप्रति आफै पनि सन्तुष्ट नभएको बताएका छन् । सरकार जन गुनासाो भन्दा अन्य कुरामा केन्द्रित भएककाो सममेत उनले आरोप लगाएका छन् ।
नेता नेपालले जनताको असन्तुष्टिलाई सुनेर तत्काल सम्बोधन गर्न समेत सरकारको ध्यानाकर्षण गराएकाा छन् । आइतबार हेटौंडामा उनले जनताको चाहना अनुसार सरकारले आफ्नो काममा सुधार गर्दै लैजानुपर्ने आवश्यक्ता रहेकको औंल्याएका छन् ।
वरिष्ठ नेता नेपालले पार्टी संगठनहरुको एकीकरणमा धेरै ढिला भएकाले पार्टी भित्र निराशा र असन्तुष्टि बढेको स्पष्ट पार्दै ती समस्या समाधानका लागि तत्काल पहल गर्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण पनि गराएका छन् । नेता नेपालले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विनाएजेन्डा आन्दोलन सुरु गरेको भन्दै आपत्ति जनाउन समेत भ्याएका छन् ।
उनले आफ्नो नेताले भ्रष्टाचार गरेको भए ढाकछोप गर्ने नियत राखेर कांग्रेसले आन्दोलन सुरु गरेको बताउँदै त्यसलाई जनताले सकारात्मक रुपमा लिन नसक्ने जानकारी गराएका छन् । सरकारका कम्जोरी पत्ता लगाउनको साटो यसै होहल्लामा मात्र कांग्रेस केन्द्रित भएको उनले बताएका छन् ।