अष्ट्रेलियास्थित एआइबीटी कलेजको दर्ता खारेजपछि अलपत्र परेका आफ्ना केहि विद्यार्थीहरुको व्यवस्थापनको लागि पहल सुरु गरेको एक्सपर्ट एजुकेशन भीसा सर्भिसेसले जनाएको छ । अष्ट्रेलियन स्किल क्वालीटी अथोरीटिको हालैको निर्णयबाट उक्त कलेजको दर्ता खारेज भएको थियो ।
खारेजीपछि नेपाली विद्यार्थीलाई परेको समस्या समाधान गर्न जिम्मेवारीपूर्वक लागेको उक्त संस्थाले जनाएको छ । उसले आफू जिम्मेवारीबाट नभागेको समेत स्पष्ट पार्दै खारेज भएको कलेजमा आफ्ना १५ जना विद्यार्थी जसमा नर्सिङतर्फ आठ जना मात्र रहेको स्पष्ट पारेको छ। केहि छापा माध्यमहरुले बिना आधार प्रमाण एक्सपर्टले दुइ सय बिध्यार्थी पठाएको र यसका प्रवन्धकहरु जो अस्ट्रेलियामै बसोबास गर्छन उनिहरुलाई भागेर अस्ट्रेलिया पुगेको जस्ता समाचार प्रकाशन गरेकोमा एकसपर्टले कुप्रचारको सज्ञा दिएको छ ।
आफुहरुले बिध्यार्थीहरुलाई जानि जानी नपठाएको र समयपरिस्थीतीमा कलेजमा गएका विद्यार्थी सबै आफ्नो सम्पर्कमा रहेको र सुरक्षित व्यवस्थापनको लागि काम भइरहेको समेत एक्सपर्टले जनाएको छ ।एक्सपर्टले नेपाल र अष्ट्रेलियामा सामाजिक उत्तरदायित्वसँगै सबैखाले कार्य नियमित भैरहेको जनाउदै विद्यार्थीसम्बन्धि कामहरु नरोकिएको समेत स्पष्ट पारेको छ ।
यस्तै कुनैपनि विद्यार्थीलाई भ्रमपूर्ण सुचना नफैलाएको र कलेजका बारेमा पुर्ण जानकारी दिएपछि स्वइच्छाले आएका बिध्यार्थीहरुको हितमा समेत आफुहरु लागिपरेको एक्सपर्टले जनाएको छ । विज्ञप्तीमा भनिएको छ, ‘हामीले भर्ना गरेका सबै विद्यार्थीलाई सो कलेज र उसले सञ्चालन गरेका नर्सिङ प्रोग्रामबारे हामीले सही र सत्य तथ्य जानकारी गराइएको तथा कुनैपनि भ्रमपूर्ण सुचना प्रवाह नगरेको जानकारी गराउँछौं ।
यसबारे नेपाल तथा अष्ट्रेलियामा सरकारी निकायहरुले छानविन गर्न चाहे सबै बिध्यार्थीहरुलाई अगाडि राखेर पुरापुर सहयोग गर्नेछौं ।’यस्तै कलेज खारेजी भइ अलपत्र परेको गुनासो गर्दै सञ्चारमाध्यममा आएका विद्यार्थीहरुलाई धम्की गएको कुरा बाहिरीएको विषयमा समेत एक्सपर्टले उल्लेख गरेको छ । विद्यार्थीको विषयमा उनीहरुसँग र उनीहरुका परिवारसँग गरेको कुराकानीलाई धम्की भन्दै प्रचार गरिएको समेत उल्लेख छ ।
आफ्ना कुनै पनि शाखा तथा कर्मचारीले कुनै विद्यार्थीलाई धम्की नदिएको जनाउँदै आवश्यक परे अडियो संवादसमेत सुनेर छानविन गर्न आग्रह गरेको छ ।‘समस्यामा परेका सबै नेपाली विद्यार्थीहरुलाई सक्दो मद्धत गर्न हामी हर प्रयासमा जुटिरहँदा उनै विद्यार्थी र चिन्तित अविभावकहरुलाई डरत्रास देखाउने कुरा हामी कल्पनासम्म पनि गर्न सक्दैनौं,’ विज्ञप्तीमा भनिएको छ । खारेजीको विरुद्धमा खारेजीमा परेको कलेजले अपिलसमेत गरिसकेको छ । कुनै पनि देशमा कलेज खारेज भएर यति धेरै संख्यामा नेपाली विद्यार्थी प्रभावित बनेको यो पहिलो घटना हो ।
धम्की दिएको भन्दै मिडियामा आएकी बिध्यार्थी सद्रीसा खरेलले स्वयं एक्सपर्टमा आएर दुइपक्षकै कमि कमजोरीका कारण एक्सपर्टको नाम मुछीन आएको बताएकी छिन । सीड्नीको कुनै एक अमुक संस्थाले एक्सपर्टको नाम लिएर खरेललाई फेसबुकमा केहि धम्कीपुर्ण ब्यवहार देखाएपनि एक्सपर्ट एजुकेशन भने कुनै हात नरेहेको स्पष्ट भएपछि खरेलले धम्कीको कुरोलाई स्पष्ट पार्दै असमझदारी भनेर भनेकी छिन । एक दशकदेखि अस्ट्रेलियाको शैक्षीक तथा अध्यागमन परामर्श सेवामा अग्रणी भुमिका निर्वाह गर्दै आएको एक्सपर्ट यहाँंको समाजिक तथा परोपकारी कार्यमा समेत पहिलो नम्बरमै देखिएको छ ।