अस्ट्रेलियन नसिंङ एन्ड मिडवाइफरी एक्रिडिएसन काउन्सिल (एन्म्याक)को आवद्धता पाउन नसकेपछि करिब एक हजार नेपाली बिध्यार्थी अन्यौलमा पारेको एआइबीटी कलेजले बिध्यार्थीको हितमा भन्दै केहि अप्सन अघि सारेको छ । कलेज खारेजीमा परेपनि कानुनी उपचारमा रहेको अवस्थामा कलेजले बिध्यार्थीहरुलाई सम्वोधन गर्दै बिभिन्न पाँंच अप्सन मार्फत उनिहरुको समस्याको सम्वोधन गर्न खाजेको छ । कलेज छाडेर अर्को कलेज जाने बिध्यार्थीलाई रिलिज दिने, या उनिहरुलाई अर्को कलेजमा स्थानतरण गर्ने प्रकृयामा लाने , पढेको जती काटेर पैसा फीर्ता दिने र सात ल्याउने बिध्यार्थीलाई टेफ कलेजमा अनुवन्धनको लागि कार्य गर्ने जस्ता केहि लचक प्रावधान अगाडि सारेर कलेजले बिध्यार्थीको आगो शान्त पार्न खोजेको छ । एआइबीटी कानुनी उपचारमा गइरहेपनि सरकारी शिक्षा निकायले मार्च २६ भित्र यस बिषयमा निर्णय लिने छ । कलेजले यसमापनि चित्त नबुझे अझ माथिल्लो निकाय कोर्टको ढोका ढकढकाउन सक्ने प्रावधान रहेको छ । बिध्यार्थीहरु भने खारेजिमा परेपनि सोही कलेजमा पढाइ गरिरहेका छन भने कलेजको नया निर्णइको पर्खाइमा रहेका छन । तर कलेजले भने बिभिन्न पाँचवटा अप्सन दिएर बिध्यार्थीको वाटो भने खुला गरेको छ । यस्तो अवस्थामा केहि बिध्यार्थीहरु आफ्नो नया अप्सनका बारेमा समेत छलफल अगाडि बढाएका छन । तर धेरै बिध्यार्थिहरु भने कलेज बारे सरकारको नया निर्णय कुरेर बसेका छन । यदी सरकारले कलेजलाई पुर्ण खारेजी गरयो भने ट्युसन प्रोटेक्सन र्सिभसले काम अगाडि सार्ने भएकोले सबैले त्यसतर्फ हेरिरहेका छन । तर यसको लागि भने निकै लामो प्रकृयावाट अगाडि बढनु पर्ने हुन्छ । एआइबीटीले भने यो सरकारी निकायको समेत हेलचेक्राइ भएकोले आफ्नो मात्र गल्ती नरहेको बिध्यार्थीलाई बताउदै आएको छ ।तर बिध्यार्थीहरु भने कन्सलटेन्सीले आफुहरुलाई झुठो आश्वासन दिएको र कलेज एन्म्याकसँंग आवद्ध रहेको बताएका कारण आफुहरु अलपत्र परेको बताउदै आएका छन ।
प्रत्येक बिषयमा सात अंक ल्याउने बिध्यार्थीले मात्र डिप्लोमा अफ नसिंङ पढेर इनरोल नर्स बन्न पाउने प्रावधान ल्याएपछि अस्ट्रेलियामा अहिले थुप्रै नेपालीहरु यसवाट प्रभावित बनेका छन ।
एआइबीटीले बिध्यार्थीलाई अप्सन दियो
0
Shares