सञ्चार क्षेत्रलाई प्रोत्साहन दिन सरकार तत्पर : मन्त्री बाँस्कोटा

काठमाडौँ, चैत १७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न सरकारले सञ्चारसम्बन्धी छाता ऐन ल्याउने र सञ्चार क्षेत्रलाई प्रोत्साहन दिन सरकार तत्पर रहेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवमा मन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रलाई नियन्त्रणको कल्पना गर्न नसकिने तर नियमनका लागि कानूनी प्रबन्ध गरिने जानकारी गराएका छन् । विज्ञापन नीति र क्लिन फिड नीतिको कानून पारित भइसकेको जानकारी गराउँदै उनले सामाजिक सञ्जाल फेसबुक बन्द गर्ने सरकारको नीति नभई करको दायरामा ल्याउन खोजिएको प्रस्ट्याएका छन् ।

]लोकतान्त्रिक आन्दोलनको सङ्घर्ष र अभ्यासकै जगबाट वर्तमान सरकार बनेको प्रष्ट पार्दै उनले भने, यसले प्रेसमाथि नियन्त्रण गर्ने कुरा सोच्न सकिँदैन । सरकारका नीतिहरु पढेर मात्रै आलोचना गर्न म आग्रह गर्दछु । हामी नियन्त्रण होइन, नियमन गर्न चाहन्छौँ ।

सरकारको लक्ष्य सञ्चारमाध्यमलाई व्यवस्थि गर्नु भएको र यस लक्ष्यलाई सार्थक बनाउन सबैले सहयोग गर्नु पर्ने उनको भनाई छ ।