बैतडी, चैत्र २० । बैतडिको पन्चेस्वर गाउँपालिकाका प्रमुख गोरख बाहादुर चन्द ले सडक को बिषयलाई लिएर गाउँलेहरु माथि कुटपिट गरेका छन् ।
पन्चेस्वर गाउँपालिका कार्यालयबाट वार्ड न ४ रोडिदेबल जाने सडक मा जङ्गल को बाटो एकतर्फी रुपमा लग्दा स्थानियहरुले गाउँको बिचबाट लग्नु पर्ने माग गरेका थिए । यसै बिषयलाई लिएर सामान्य बिबाद भएको र सामान्य बिबादका क्रममा अध्यक्ष चन्द ले आफु सङ्ग दुइ तिहाइको सरकार रहेको र जे पनि गर्न सक्ने भन्दै स्थानिय बल बहादुर भण्डारी र हिक्मत भण्डारी माथि निर्घात कुटपिट गरेर आफै प्रहरीलाई बोलाइ उल्टो आरोप लगाएको स्थानिय बिरेन्द्र भण्डारी ले बताएका छन् ।
बिगतमा पनि कुलाउ मा. बि . का प्रधानाध्यापक समेत रहेका चन्दले बिधालयमा समेत ब्यापक भ्रस्टाचार गरेको र ऐले गाउँपालिकामा पनि अनियमितता गर्दै आफ्नो मनोमानी ढङ्गले जनताको हित बिपरित काम गर्दा स्थानिय ले खबरदारी गर्दा जनता माथी नै आक्रमण गर्ने गरेको भण्डारीले आरोप लगाएका छन् ।