सस्तो र सुलभ मुल्यमा निकै राम्रो शिक्षा दिने विद्यालयहरु निकै कमै मात्र पाइन्छन् । शिक्षा क्षेत्रलाई व्यवसायिक करण गर्ने क्रम बढेसँगै गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको भने खडेरी नै परे जस्तो हुन थालेको छ । निकै कम शूल्क या अवस्था हेरेर मात्र शूल्क लिने एक मात्र शिक्षलय हे समता नेपाल । सो शिक्षालय विश्वकै पहिलो मितव्ययी र कम खर्चिलो मानिने गरिन्छ ।
उक्त समता शिक्षा निकेतनलाई प्रधानमन्त्री केपी शर्मा ओली सुलभ मूल्यमा शिक्षा दिँदै आएको भनि गिनिज बुक अफ वल्र्ड रेकर्डसको प्रमाणपत्र आज हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा समता फाउण्डेशनका अध्यक्ष उत्तम सञ्जेललाई गिनिज बुक लण्डनले जारी गरेको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
प्रधानमन्त्री ओलीले रु १०० मा विद्यार्थी पढाएर गरीबका छोराछोरीलाई फाउण्डेशनले गुन लगाएको स्मरण गराउँदै राज्यले लिनुपर्ने दायित्व बहन गरेकामा खुशी व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले अङ्ग्रेजी माध्यममा राम्रो शिक्षा लिन्छु भन्नेका लागि पैसाका कारणले पढ्न नपाउने अवस्था नरहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले समता स्कूलका कारण नेपाललाई विश्वले पनि पहिचान गरेको जानकारी गराउँदै सस्तो र गुणस्तरीय शिक्षाका लागि नेपालमा अवसर छ भन्ने कुराको विश्वले थाहा पाएकोमा विद्यालयका संचालक तथा प्रधानध्यापकलाई बधाई दिएका थिए । प्रधानमन्त्री ओलीले यस वर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर नहुने जिकिर गर्दै नेपालको साक्षरता अभियानमा समताको महत्वपूर्ण योगदान रहेको प्रष्ट पारेका थिए ।
मह जोडीको सहयोगमा सञ्जेलले सन् २००१(विसं २०५८तिर) स्थापना गरेको सो स्कूलले मासिक रु १०० शुल्कमा विभिन्न जिल्लामा शाखा विस्तार गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । आर्थिक रुपमा कमजोर भएका र अरू कुनै कारणले विद्यालय जान नपाएका बालबालिकालाई सो स्कूलले विशेष ध्यान दिँदै आएको छ । विभिन्न कारण वस पढाईलाई पूर्णविराम दिएका कयौं बालवालिकाले सो विद्यालयका कारण पढ्ने अवसर पाएका छन् ।