बालुवाटार र टुडिखेल जग्गा प्रकरणमा सरकारको चरित्र उदाङ्गो : डा. शेखर कोइराला

बुटवल, बैशाख १६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् नेता डा. शेखर कोइरालाले बालुवाटार र टुडिखेल जग्गा प्रकरणमा सरकारको चरित्र उदाङ्गो भएको बताएका छन् । कोइरालाले बालुवाटारको जग्गा नेकपा महासचिव बिष्णु पौडेलको नाममा हुनु र टुडिखेलको जग्गा व्यक्तिले भाडामा लगाएको कुराले सरकार कता जाँदै छ भन्ने छर्लङ बनाएको स्पष्ट पारेका छन् ।

डा कोइरालाले बुटवलमा कार्यकर्ताहरु बीचको भेटघाटका क्रममा सार्बजनिक सम्पती लुट्नेहरुलाई कानूनी दायरामा ल्याउनु पर्ने औल्याएका छन् । उनले नेपालमा घर जलाएर खरानीको ब्यापार गर्ने क्रम बढेकोमा बिरोध गर्दै सार्बजनिक सम्पतीको दुरुपयोग गर्ने जस्लाई पनि सरकारले कानून अनुसार कडा कारबाही गर्न सक्नु पर्ने बताएका छन् ।

सोही कार्यक्रमलाई सम्बोधन गर्द राजनितिक बिश्लेसक प्रकाश पोख्रेलले वालुवाटार र टुडिखेलको जग्गा प्रकरणमा जतिसुकै शक्तिशाली र ठुला नेता संलग्न भए पनि कानुन बमोजिम तत्काल कारबाही नगरे लोकतन्त्र माथि नै जनताले प्रश्न गर्नेे भन्दै दोशीलाइ जति सक्यो छिटो कार्बाही गर्न सरकारलाइ दबाब दिनु पर्नेमा जोड दिएका छन् ।

नेपालि काँग्रेस रुपन्देहीका सचिब रामकृष्ण खाणले बालुवाटार जग्गा प्रकरणले विष्णु पौडेललाई रूपन्देही बासिले राम्रोसँग चिन्ने मौका पाएको बताएका छन् । नेपाली काँग्रेस बुटवलका नगर सभापति खेल राज पान्डेले बसाइ सराइ गरेर आएका नेपाली नागरिक को जग्गाको लाल पुर्जा नभएकै बहानामा स्थानीय प्रसासनले नागरिकता नदिएको भन्दै त्यस तर्फ केन्द्रिय नेतृत्वको ध्यान जानुपर्ने औंल्याएका थिए ।