रौतहटको घटनाको बिषयमा छानबिन भइरहेको छ : गृहमन्त्री

काठमाडौँ, साउन २५ । रौतहटको गरुडामा सडकमा खनिएको खाल्डोमा परी चार बालबालिकाको मृत्यु भएको बिषयमा छानबिन भइरहेको गृहमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन् ।

आज बसेको व्यवस्थापिका–संसद्कोे बैठकमा सभामुखसँग समय लिएर मन्त्री शर्माले मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख दीपक काफ्लेको संयोजकत्वमा गठित छानबिन समिति घटनास्थलमा पुगेर अध्ययन गरिरहेको र प्रतिवेदन प्राप्त भएपछि दोषीलाई कडा भन्दा कडा कारबाही गरिने बताए ।

मुलुकका विभिन्न स्थानमा बाढी, पहिरो र अन्य घटनाका कारण भएको मानवीय र भौतिक क्षतिबारे पनि अवगत गृहमन्त्री शर्माले गराए ।