काठमाडौं, बैशाख २५ । पार्टीलाई सुधार गर्ने र देशलाई सही बाटामा हिँडाउन नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले जागरण अभियान चलाइएको बताएका छन् । आज सिन्धुलीमाढीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका विवाद पूरै समाधान नभए पनि यसलाई सही बाटोमा हिँडाउन नेपाल प्रेस युनियन सिन्धुलीले पनि सबै एक भएर लाग्ने र जागरण अभियान सफल बनाइने समेत बताइएको छ ।
उनका अनुसार गलत प्रवृत्तिका विरुद्धमा अभियान चल्नेछ, अभियानले आफैँभित्र रहेको धुलो पनि टकटक्याएर देशलाई स्वच्छ राजनीतिक दिशा दिने सङ्कल्प लिएको र यसै सङ्कल्पका साथ जिल्ला जिल्लामा अभियान चलाइएको समेत जानकारी गराए ।
काङ्ग्रेसका नेता रामशरण महतले उक्त अवसरमा सङ्क्रमणकालीन अवस्था नसकिएको, संविधान पूरा कार्यान्वयनको सङ्क्रमण अझ बाँकी रहेको, तीन थरिका सरकारको कार्य्विभाजन र शान्तिसुरक्षाका विषयमा विवाद भएकोर कर्मचारी प्राविधिक क्षमतामा कमी भएको विचार व्यक्त गरे ।