इतिहासकै बलियो सरकारले सामान्य काम समेत गर्न सकेन : नेता थापा

बेझाड, जेठ ८ । दुईतिहाइको बलियो सरकारले एक वर्षको अवधिमा सोचेअनुरुप काम गर्न नसकेको नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले बताएका छन् ।

काङ्ग्रेस जागरण अभियान कार्यक्रममा नेता थापाले नेपाल महिला सङ्घ पाल्पाको आयोजनामा सदरमुकाम तानसेनमा मङ्गलबार भएकोे इतिहासकै बलियो नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार रहेको अवस्थामा ठूला–ठूला विकासका काम गरेर देखाउने समयमा सामान्य कामसमेत गर्न नसकेको आरोप लगाएका छन् ।

नेपाली जनतालाई विकासको प्रत्याभूति दिलाएर सरकारले खुशी र सुख दिन नसकेको बताउँदै उनले अझै पनि जनताले लोकतन्त्रको अनुभूति गर्न नपाएको गुनासो गरेका छन् ।