लोकतन्त्र विरोधी मिडिया काउन्सिल विधेयक कांग्रेसलाई मान्य हुदैन : सभापति देउवा

????????????????????????????????????

ललितपुर, जेठ २४ । प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले मिडिया काउन्सिलसम्बन्धि विधेयक अघि बढाए संसद अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।

सभापति देउवाले शुक्रबार नेपाली कांग्रेस ललितपुरद्वारा आयोजना गरिएको जनजागरण अभियान अन्र्तगतको कार्यक्रमलाई सम्बोधन गर्दै लोकतन्त्र विरोधी मिडिया काउन्सिल विधेयक, मानव अधिकार हनन् हुने गरी आएको मानव अधिकार आयोगसम्बन्धि विधेयक संसदबाट अघि बढाउन खोजे संसद र सडक दुवै अवरुद्ध पारेर आन्दोलन चर्काउन आफ्नो पार्टी बाध्य हुने जानकारी गराएका छन् ।

सरकारले बहुमतको दम्भमा यी बुँदाहरु पनि पास गर्ने खेल खेलेमा सरकारका लागि यो घातक हुने उनले सुनाए । उनले सरकारले बालुवाटारलगायतका सार्वजनिक तथा गुठीको जग्गा नियन्त्रणमा लिएर पार्टीका सांसदहरुलाई दिने काम गरिरहेको आरोप लगाएका छन् । उनले भने, यस्ता गतिविधि रोक्न पार्टी लागिपर्ने छ । देशको ढुकुटी रित्याएर कसैलाई मेटाउन कांग्रेसले दिदैन ।

सभापति देउवाले सरकारले मिडियामाथि अंकुश लगाएर लोकतन्त्रलाई कमजोर बनाउने षडयन्त्र गरिरहेको पटक पटक दोर्होयाएका थिए । सरकारका हरेक कदम लोकतन्त्र र जनता विरोधी भएकाले आफ्नो पार्टीले प्रतिवाद गर्ने योजना तय गरेको सभापति देउवाको धारणा थियो ।

उनले जनतालाई निराशा बनाउनुको साटो जनताका काममा केन्द्रित हुन सरकारलाई सुझाब दिएका छन् । जुगौं जुग सम्म पनि नेकपाकै सरकार बनि रहन्छ भन्ने सोच परियाग गरि आफैलाई घातक हुने विधेयक नल्याउन उनले सरकारलाई आग्रह गरेका छन् ।