विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ ः मुख्यमन्त्री गुरुङ

गण्डकी, जेष्ठ ३१ । सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने र अहिलेको मुख्य चुनौती रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । आज मुख्यमन्त्री गुरुङले तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयमा निर्माण गरिएको भवनको उद्घाटन एवं हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सामुदायिक विद्यालय गुणस्तरीय शिक्षा प्रदानका लागि सक्षम रहेको प्रमाणित गर्नुपर्नेमा जोड दिएका छन् ।
अहिलेको शिक्षा प्रणाली महंगो हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा र पूर्वाधार निर्माण चुनौतीको विषय रहेको जानकारी गराएका छन् ।

उनले अहिलेको शिक्षा प्रणालीले सीपमूलक जनशक्ति उत्पादन गर्न नसकेका भन्दै शिक्षा प्रणालीले प्रमाणपत्रधारी विद्यार्थी मात्रै उत्पादन गरेको आरोप लगाए । हातमा सीप भएको जनशक्ति उत्पादन गर्न अझै सकेको छैन ।”
प्राविधिक जनशक्ति उत्पादनका लागि गण्डकी प्राविधिक विश्वविद्यालय स्थापनाको प्रक्रिया आगामी वर्षदेखि शुरु हुने मुख्यमन्त्री गुरुङले भने ।

नेपालमा गफ धेरै र काम थोरै गर्ने प्रवृत्ति हाबी रहे पनि गुरुङले प्रदेश सरकार काममा विश्वास गर्ने भएकाले त्यहीअनुसार अघि बढेको स्पष्ट गराएका छन् । गण्डकी प्रदेश सांसद आशा कोइरालाले कार्यक्रममा दक्ष जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेकामा दिएकी छन् ।

योङ लिभिङ फाउण्डेशनको आर्थिक सहयोगमा रु एक करोड ६० लाखको लागतमा भवन निर्माण गरिएको हो । नेपाल प्रतिनिधि सुवास सिंहले फाउण्डेशनका भवन निर्माणका लागि विद्यालयकोतर्फबाट सकारात्मक सहयोग प्राप्त भएको जनाउका छन् । प्रधानाध्यापक धु्रवकुमार मल्लले १६ कोठे भवनमा कक्षा १ देखि ५ सम्म अध्ययन गराइने विद्यालयका भनेका छन् ।