काठमाडौं, असार २० । सरकारले आगामी वर्ष जनताको नजरमा रहेको काम गर्ने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् । उनले पर्सा जिल्लाका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अगुवा कार्यकर्तासँगको भेटघाटमा सरकार गठनपछिको पहिलो एक वर्ष कानून निर्माणमा सरकार बढी केन्द्रित भएको जानकारी गराएका छन् ।
मन्त्री पोखरेलले सरकारले गर्छु भनेर प्रतिबद्धता जनाएको कामहरु पाँच वर्ष्भित्रै सम्पन्न हुने विश्वास दिलाउँदै विकास र समृद्धिको जग यही सरकारका समयमा निर्माण हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सरकारले घोषणा गरेका प्रतिबद्धता नबिर्सिएको उल्लेख गर्दै उनले जनताले देख्ने र महसुस गर्ने काम आगामी वर्षमै हुन समेत जानकारी गराएका छन् । कार्यकताले विचारका मामिलामा पार्टी्भित्र देखिएका विवाद वा छलफललाई सामान्य मान्नुपर्नेमा जोड दिए । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र दुवै फरक पृष्ठभूमिबाट आएकाले केही फरक मत देखिन सक्ने उपप्रधानमन्त्री पोखरेलले स्पष्ट पारेका हुन् ।
आगामी एक महीनाभित्रमा सङ्गठनात्मक सुधारका धेरै काम हुने समेत बताए । उनले कार्यकर्ता व्यवस्थापनका धेरे कामहरु यो एक महीनामा सम्पन्न हुने जानकारी गराए ।” उपप्रधानमन्त्रीको सचिवालयले उपप्रधानमन्त्री पोखरेसँग पार्टीका अगुवा कार्यकर्ताले पार्टी्भित्र देखिएको आन्तरिक विवाद, सरकारको कामकारवाही, एकीकरणको बाँकी कामको अवस्थालगायत विषयमा जिज्ञासा राखेको प्रष्ट्याएको छ ।