सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले हुलाक सेवा विकासका लागि मन्त्रालयले सहयोग गर्ने बताएका छन् । गोश्वारा हुलाक कार्यालयले यहाँ आयोजना गरेको डाँक ढुवानी सवारीको उद्घाटन कार्यक्रममा उनले प्रतिस्पर्धाको जमानामा हुलाक सेवालाई थप प्रभावकारी बनाउन र आधुनिक प्रविधियुक्त बनाएर लानुपर्ने आवश्कता औल्याएका छन् ।
उनले संविधान कार्यान्वयन र देशको आर्थिक विकासका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले नयाँ प्रविधिको विकाससँगै हुलाकलाई पनि प्रविधिमैत्री बनाउँदै सेवा विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे । हुलाक सेवा विभागका महानिर्देशक सुरेश अधिकारीले जनशक्तिको अभावमा विभागले उपयुक्त सेवा दिन नसकेको स्पष्ट पारेका छन् ।
सो डाँक ढुवानी सेवा करिब ३० देखि ३५ जिल्लामा पुर्याएको बताइएको छ । यसअघि पनि मन्त्री बस्नेतले हुलाक कार्यालयको निरीक्षण गरी त्यहाँको वस्तु स्थितीको जानकारी लिएका थिए ।