सञ्चालनको लागि नेपालको कलङ्की–नौबिसे सडकखण्ड व्यवस्थापनमा सहयोग गर्न आग्रह

काठमाडौं, असोज २९ । नेपालको कलङ्की–थानकोट र नागढुङ्गा–नौबिसे सडकखण्ड मर्मत कार्य भएकाले ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सडक प्रयोगकर्तालाई ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

आज एक विज्ञप्ति जारी गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभागद्वारा सडक मर्मत कार्य गर्ने भएकाले सडक एकतर्फी मात्र सञ्चालन हुने हुँदा ट्राफिक व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको हो ।

आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म यस सडक मर्मत कार्य सम्पन्न हुँदैछ । सडक मर्मत कार्य भइरहेकाले लेन अनुशासन पालना गरी सवारी व्यवस्थापन कार्यमा सहयोग गर्न महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सम्पूर्ण चालकलाई अनुरोध गरेका बताएका छन् । महाशाखाले सडक मर्मतसँगै दुवैतर्फ सवारी चल्ने भएकाले आवतजावतमा समेत सहज हुने जानकारी गराएको छ ।