अहिलेका मानिसले सारंगी रेटेर गाउँगाउँ पुग्नेको संख्या निकै नै न्युन देखिन थालेको छ । बरु मानिसहरु गाउँमा नै मजदूरी गरी बस्न रुचाउँछन् तर सारंगी रेटी गाउँ गाउँ पुगेर गित गाउन चाही त्यति चासो देखाउँदैनन् कारण हो यसको अहिले पहिलेको जस्तो सम्मान अलि छैन । पहिले गन्धर्व पेशा गरेर आफ्नो घर परिवार धान्ने गरेका गन्धर्व परिवार अहिले यस पेशा पति सम्मान नभएका कै कारण युवापुस्ता यसप्रति खासै रुचि देखाउँदैनन् ।
पहिले गन्धर्व आयो भन्ने बितिक्कै मानिसहरुको हुल हुनुका साथै चासो पनि हुन्थ्यो तर अहिले मजाक उडाउनेको कमी छैन । गन्धर्व समाजका नयाँ पुस्ताहरु बरु स्वदेशमा काम नभएर विदेशिन चाहान्छन् ।
नेपालमा यसरी पुरानो संस्कुतिको लोप हुँदा नयाँ पुस्तालाई आगामी दिनमा गन्धर्व समाजको कथन पनि एकादेशको कथा सरह नै हुने बेर छैन । नयाँ पुस्ताहरु दिनानु दिन विदेश धाउन थालेपछि यो पेशा लोप हुँदै गएको छ । आजका नयाँ पुस्ताहरुले अनुशरण गर्न नसक्दा यो पेशा सङ्कटमा परेको छ । यसप्रति सरकारको पनि ध्यान जान जरुरी छ । यसरी पुरानो संस्कृति रितिरिवाज दिन दिनै लोप हुँदै जाने हो भने नयाँ पुस्ताले के सिक्ने ?