हरिपुरमा दुर्घटना : छ को मृत्यु

सुनसरी, मंसिर १५ । सुनसरीको हरिपुरमा गएराति १ः०० बजेतिर पूर्वपश्चिम राजमार्गसि्थत एम्बुलेन्स र ट्रक एकाअर्काबीच ठोकि्कँदा उदयपुरको ति्रयुगा नगरपालिका–१० बोक्सेका एकै परिवारका पाँच सहित जनाको मृत्यु भएको छ ।

एम्बुलेन्स चालक सङ्घ उदयपुरका अध्यक्ष मेहबुब आलमले उपचारत ७५ वर्षीया शिवमाया राईको विराटनगर मोडल अस्पतालमा मृत्यु पश्चात को१त ९३६४ नंको एम्बुुलेन्सबाट मृतक लिएर आउने क्रममा पशि्चमबाट आउँदै गरेको ना२ख ९०८२ नंको ट्रकले एम्बुलेन्समा ठक्कर दिएपछि एम्बुलेन्समा सवार सबैको मृत्यु भएको बताएका छन् ।

बोक्सेका ३४ वर्षीय दुर्गाधन राई, २८ वर्षीय टेकेन्द्र राई, ५० वर्षीय तुलाबहादुर राई, ३५ वर्षीय उद्धव राई र ३२ वर्षीय दिनेश राई मृत्यु हुनेमा रहेका छन् भने एम्बुलेन्स चालक सङ्घ उदयपुरका अध्यक्ष आलमले एम्बुलेन्स चालक ति्रयुगा–७ राजाबासका राजेश दनुवारको पनि मृत्यु जानकारी गराएका छन् । अहिले मृतक सबैको शव सुनसरीको इनारुवा अस्पतालमा राखिएको र फरार ट्रक चालकको खोजी भइरहेको सुनसरी प्रहरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरले जिकिर गरे ।