कामना फिल्म अवार्डको पाँचौ संस्करणको मिति घोषणा

काठमाडौं, मंसिर २६ । यस वर्षको कामना फिल्म अवार्डको पाँचौ संस्करणको मिति घोषणा गरिएको छ । पुष १९ गते शनिबार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा अवार्ड कार्यक्रम आयोजना हुने तयारी भएको हो । यस वर्षको अवार्डमा २६ विधा समावेश गरिएको जनाइएको छ ।

यस बाहेक एसएमएस भोटिङका आधारमा ‘नम्वर वन पपुलर च्वाइस अवार्ड’ समेत प्रदान गरिने आयोजक टीमले जनाएका छन् । ‘नम्वर वन पपुलर च्वाइस अवार्ड’ का लागि नायिकाहरु वर्षा राउत, श्रृष्टी श्रेष्ठ, साम्राज्ञी राज्यलक्ष्मी शाह, प्रियंका कार्की र स्वस्तिमा खड्का मनोनयनमा परेका छन् ।

उक्त अवार्ड समारोहमा चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा पर्दामा देखिने र पर्दापछाडि बसेर नेपाली चलचित्रको विकासमा योगदान पुर्याउने एक÷एकजना चलचित्रकर्मीलाई जनही १ लाख नगदसहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने आयोजकको भनाई छ । केही दिन अघि मात्र जापानमा सम्पन्न भएको एक अवार्ड कार्यक्रममा धाँदली भएको चर्चा चलेको थियो ।

अवार्ड समारोहमा चलचित्रकर्मीको फितलो उपस्थिती, राम्रोलाई भन्दा हाम्रालाई अवार्ड दिइएको आयोजकलाई आरोप समेत लागेको थियो । नेपालमा पछिल्लो समयमा अवार्डमाथि दर्शक र चलचित्रकर्मीको नै विश्वास उडिसकेको छ । यस्ता अवार्डहरु किनबेच हुने गरेको गुनासो चलचित्रकर्मीहरुले नै उढाउँदै आएका छन् ।

गत बर्षहरु झै कामना अवार्ड यसपटक पनि विवाद रहीत हुने अपेक्षा गरिए पनि यसै भन्ने अवस्था छैन् । अवार्ड समारोमा हुने चलखेल अन्त्यका लागि सबै प्रतिवद्ध रहेमात्र सम्भब हुने कुरा सबैले मनन गर्न आवश्यक देखिन्छ ।