काठमाडौं, मंसिर २६ । काठमाडौँका बानेश्वर, पुरानो बानेश्वर, नक्साल भगवती, कपनलगायतका क्षेत्रमा सडक कालोपत्र गर्ने कार्य तिव्र रुपमा अघि बढाइएको छ । डिभिजन सडक कार्यालय काठमाडौँले चालू आर्थिक वर्षमा काठमाडौँका धेरै सडकमा कालोपत्रको योजना रहेकामा अधिकांशमा भइरहेको र कतिपयमा ठेक्का सम्झौता भइसकेको जनाएको छ ।
डिभिजन सडक कार्यालयका इञ्जिनीयर सुदर्शन कार्कीले यी सडकमध्ये कतिपयमा खाल्डाखुल्डी देखिएकाले र कतिपयमा निर्माणको लामो समय भइसकेकाले कालोपत्र गरिएको जानकारी गराएका छन् । उनले कार्यालयले नियमित रुपमा खाल्डा देखिएका स्थानमा कालोपत्र गर्ने र सडक मर्मत गरेको लामो समयपछि खाल्डा नभएपनि कालोपत्र थप्ने जनाएका छन् ।
माइतीघर–तीनकुने सडक कालोपत्र गरेको छ÷सात वर्ष भइसकेकाले अहिले धमाधम कालोपत्र भइरहेको उनले सुनाए । चालू आवमा सो कार्यालयले आकाशे पुलसमेत निर्माण गरिरहेको छ ।