काठमाडौं, मंसिर ३० । आइतबार १० बजेर २० मिनेटमा जादा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले यो संसारबाट बिदा लिएका छन् । उनको निधनसँगै चलचित्र क्षेत्र शोकमा डुबेको छ ।
अध्यक्ष भट्टराइलाई उपचारका लागि ओम अस्पताल लगिए पनि अस्पताल पुर्याउँदै गर्दा उनको निधन भैसकेको जनाएको छ । भट्टराईको निधनको कारण भने खुलाएको छैन । उनको ५४ बर्षको उमेरमा निधन भएको हो । निर्माता तथा कलाकार समेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए ।
उनले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापार समेत गरेका छन् । करिब एक बर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका भट्टराइले केही राम्रा कामको सुरुवात समेत गरेका थिए । चलचित्र विकास बोर्डमा रहेका अनेकौं बेथितिको अन्त्य गर्नका लागि उनले कदम चाल्ने आएका थिए ।
सबैले गर्व गर्न लायक चलचित्र विकास बोर्ड बनाउने उनको सपना अधुरो नै रहेको छ । उनको अल्पायुमा नै भएको निधनले चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुग्नुका साथै असल र इमान्दार कलाकार समेत राष्ट्रले गुमाएको छ ।