महिला बेचबिखनमा कमी नआएकोमा सभामुखद्वारा चिन्ता व्यक्त

काठमाडौँ, भदौ २० । तोकिएको समयभित्रै सबै निर्वाचन सम्पन्न भएपछि मात्र देशमा राजनीतिक स्थिरता आउने सभामुख ओनसरी घर्तीले बताएकी छिन् ।

मानव बेचबिखन र ओसारपसार विरुद्धको एघारौँ राष्ट्रिय दिवसका अवसरमा मूलसमारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अबका केही आश लाग्दा भएको बताएकी छिन् । उनले नेपालको संविधानको धारा २९(१) मा शोषणविरुद्धको हक हुने व्यवस्था गरिए पनि देशमा महिला बेचबिखनमा कुनै कमी नआएको बताइन् ।

कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइरालाले मानव बेचबिखनजस्तो जघन्य अपराधलाई जरैदेखि निर्मूल गर्न सरकार, विभिन्न संघसंस्था तथा गैरसरकारी संस्थाको सामूहिक प्रयासको आवश्यकता रहेको बताइन् ।

राज्यमन्त्री मोहमद जाकिर हुस्सेनले सन् २००८ मा दुवईको एक भवनमा छापा मारी त्यहाँ सक्रिय जनप्रगतिशील मञ्चले ३०० युवालाई उद्धार गरेको तथा त्यसमा संलग्न ४० जना दलाललाई पक्राउ गरेको जानकारी दिँदै अहिले पनि इराक, लिबियाजस्ता मुलुकमा मानव तस्करी हुने गरेको बताए ।