बुद्दिमान गभिमाया प्रतिष्ठान द्वारा ७० घर बिपन्न तथा दलितलाइ राहात बितरण,,

>बिपिन अधिकारी,बैषाक ३१ ओखलढुंगा

कोरोना भइरस कोभिड–१९ को उच्च जोखिम नेपालमा रहेको भन्ने डब्लू एचओ को रिपोर्ट संगै कोरोना संक्रमित हुनबाट जोगाउन सरकारले गत चैत ११ गतेदेखि नेपालमा लकडाउन शुरु गरेको आज करिब ५१ दिन भइसकेको छ र यो समाचार तयार पार्दा सम्म नेपालमा संक्रमित को संख्या २४५ पुगेको छ।लकडाउनका कारण दैनिक ज्यालादारी गरेर खाने श्रमिकहरु मारमा परेको समस्यालाई मध्यनजर गर्दै बुद्धिमान गभिमाया प्रतिष्ठान ले ज्याला मज़दूरी गरेर जिविकोपार्जन गर्दै आएका ओखलढुंगा को मानेभन्ज्याड• गॉउपालिका वाडनं ३ उँबुमा स्थाइ बसोबास गर्ने संपुर्ण दलितबर्ग र केही विपन्नबर्ग गरि ७०घरपरिवारलाई स्थानिय जनप्रतिनिधि मंगली बिक को रोहबरमा बैषाक ३१गते राहात वितरण गरेको छ। बुद्धिमान गभिमाया प्रतिष्ठानद्वारा बितरित पहिलो चरण को राहातमा १०केजी चामल, १ केजी दाल, एकपोका तेल,एकपोका नुन,एकडल्लो साबुन,परिवार को संख्याहेरेर प्रतिब्यक्ति एउटा माक्स लगायतका दैनिक उपभोग्यबस्तुहरु तथा स्वास्थ्यसंग संबन्धित आबस्यकीय बस्तुहरु समावेश गरि वितरण गरिएको कुरा प्रतिष्ठानका महासचिब पर्शुराम अधिकारी ले बताएका छन।
बिशुद्द सेवाका भाबले खोलिएको सो प्रतिष्ठानले दलित तथा बिपन्नबर्गलाइ बितरण गरेको राहात कोरोना भाइरस को नामबाट मानेभन्ज्याडं गॉउपालिका को पहिलो राहात भएको र प्रतिष्ठान बाट स्थानीय तहले केही सिक्नुपर्ने कुरा स्थानिय बुद्दीजिबी गणेश कुमार अधिकारी ले बताएका छन।
बुद्दीमान गभिमाया प्रतिष्ठान को बिषयमा प्रतिष्ठानका बरिश्ठ उपाध्यक्ष रमेश कुमार अधिकारी संग जानकारी लिंदा यो संस्था आफ्ना स्वर्गीय हजुरबुवा हजुरआमा बुद्धिमान अधिकारी तथा उनकी धर्मपत्नि गभिमाया अधिकारीको संझनामा छोरा बुहारी,नाति नातिनी,शाखा सन्तानले खोलेको संस्था हो र बुद्धिमान गभिमाया प्रतिष्ठान बिशुद्द सामाजिक सेवाको उद्देश्य बोकेको गैरनाफा मुलक सामाजिक संस्था भएको र कोरोना महामारीमा मात्र नभइ आगामी दिनहरुमा पनि समाजमा रहेका बृदबृदा,दलित,असहाय, अशक्त र बिपन्न बर्गका नागरिकहरुको हितका लागि बृदआश्रम,हस्पिटल जस्ता सेवामुखी संस्था खोल्ने र समाजसेवामा अहोरात्र खटेर काम गर्ने कुरा बरिश्ठ उपाध्यक्ष अधिकारी बताउछन।
प्रतिष्ठानको संरचनाको बिषयमा प्रतिष्ठान सबै सामाजिक संस्था हरुको आआफ्नै बिधान र आआफ्नै उद्देश्य रहेको हुन्छ सबैको काम गर्ने दायरा पनि बिधानमै तोकिएको हुन्छ जस अनुसार यस प्रतिष्ठान को पनि आफ्नै बिधान र उद्देश्य रहेको र प्रतिष्ठानमा बिधानत:अध्यक्ष शेर बहादुर अधिकारी,बरिष्ठ उपाध्यक्ष रमेश कुमार अधिकारी,महासचिब पर्शुराम अधिकारी,सचिब शुसिला अधिकारी,सचिब युवराज अधिकारी कोषाध्यक्ष यज्ञ बहादुर थापा लगायत अन्य सदस्य सहित १५ जना को कार्यसमिति र बुद्धिमान गभिमाया का छोरा बुहारी हरु क्रमश: रत्ना माया अधिकारी,रामकुमारी अधिकारी,प्रेम बहादुर अधिकारी तथा श्रीमती राम कुमारी अधिकारी,गणेश बहादुर अधिकारी तथा श्रीमती गभिमाया अधिकारी,मैया अधिकारी,अर्जुन बहादुर अधिकारी,नारायण बहादुर अधिकारी तथा श्रीमती मझौली,सिता अधिकारी संरक्षक र अन्य शाखा संतान हरु लगभग २०० जना पदेन सदस्य रहेको र यस्को कार्यक्षेत्र नेपाल अधिराज्यभर भएतापनि बिशेष गरेर मानेभंज्याडं गॉउपालिका वाडनं ३उँबुमा यस्को कार्यलय रहने कुरा प्रतिष्ठान का अध्यक्ष शेर बहादुर अधिकारी बताउछन।

सरकार ले लागु गरेको एकद्वार प्रणाली को अवलम्बन गर्दै स्थानीय जनप्रतिनिधिको रोहबरमा प्रतिष्ठानद्वारा गॉउमा बितरित राहात कुनै संघसंस्था,बाहिय ब्यक्तिसंग नमागि प्रतिष्ठानभित्र आबद्द पदाधिकारी तथा अन्य सदस्य,संरक्षक हरुसंग क्षमता अनुसार उठाएर करिब सभालाख जति रकम संकलन गरी सोहि संकलित रकमले राहात सामाग्री खरिद गरेको कुरा प्रतिष्ठान को कोषाध्यक्ष यज्ञ बहादुर थापा र सचिब शुसिला अधिकारी बताएका छन।
सहरमा राहात बितरणमा होडबाजी चलेता पनि गॉउमा अहिलेसम्म कुनै संघसंस्था,ब्यक्तिहरु नपुगेको,राज्यले कुनै ठोस निति बनाउन नसकेको,स्थानिय तहले पनि अहिलेसम्म राहातको कुनै प्याकेज ब्यबस्था गर्न नसक्दा गॉउमा ज्याला मज़दूरी गरेर खाने श्रमिकहरु निरास भइरहेको अबस्थामा प्रतिष्ठान द्वारा बितरित राहातले मज़दूर तथा बिपन्न बर्गलाइ केही आषा जगाइदिएको छ। यसरी गॉउका जनतालाइ कोरोना को लकडाउन को असर भन्दापनि दैनिक हातमुख जोड्ने सामाग्री को अभाबको असर बढी हुने कुरालाइ मध्यनजर गरेर प्रतिष्ठान ले राहात बितरण गरेको मा साधुवाद छ र आगामि दिनहरुमा पनि प्रतिष्ठानको लक्ष बमोजीम कामगर्न सकोस शुभकामना।।।