व्यबशायीक लेनदेनमा यसरी भयो झगडा

एबीसीको बिवाद आरोप प्रत्यारोपसम्म

सुरेसराज शर्मा
पछिल्ला दिनमा अस्ट्रेलियासँंग जोडिएको एउटा उठौती र फीरौतीको समाचारले अर्नगल प्रचार पाइरहँंदा यससम्वन्धी विषयमा एउटा समाचारको खोजी हामीले गरेका छौ । कुरो के रहेछ भने माइग्रेशन तथा एजुकेशन अनि पैसाको लेनदेन र शेयरको चक्करमा आफ्नै नजिकका र नातागोताका ब्यक्तीबिचको आपसी कलहले अपहरण र फीरौती अनि एक अर्कोबिच आरोप प्रत्यारोप र अपहरण अनि फीरौतीका समाचार बनेको प्रमाणित भएको छ ।
अस्ट्रेलियाको सीड्नी बस्ने टपेन्द्र थापा र उनका छोरो सचिन्द्र थापा अनि काठमाडौमा रहेर उनका कारोबार हेर्ने सन्तोष अधिकारीबिच आपसी लेनदेन र शेयरको बिवाद बढेपछि यसले उग्ररुप लिदैं रचित अपहरण काण्डसम्म पुगेको देखिन्छ ।
कुरोको चुरो सन २०००देखिनै टपेन्द्र थापाको बिश्वासपात्र मानिएको सुर्य अधिकारी र सन्तोष अधिकारीले काठमाडौको ब्यवहार हेर्ने गर्थे । पछि सुर्यले कारोबार छाडेपछि टपेन्द्रको कारोबार नाताले भान्जि ज्वाइ पर्ने सन्तोष अधिकारी र उनको सालाले हेर्ने गर्थे । कालान्तरमा व्यबशायलाई बिस्तारगर्दै जाँंदा टपेन्द्र र सचिन्द्रले केहि अन्य पार्टनरसहित एबीसी एजुकेशन एन्ड माइग्रेशन खोलेर शैक्षिक परामर्शको ब्यापार सुरु गरे ।
सोही क्रममा टपेन्द्रले आफना बिश्वासपात्र सन्तोषको नाममा नेपालमा कम्पनी दर्ता गराई ब्यवशाय थाले ।
यस झगडा र आरोप प्रत्यारोपको काहानी यहीवाट प्रारम्भ हुन्छ । सन २०१६ वाट सुरु गरेको यो व्यबशायमा सीड्नी मुख्यालयमा तिन जना निर्देशक र एक पार्टनर तथा काठमाडौमा भने सन्तोषले हेर्ने गरेको देखिन्छ । काठमाडौको अफीस सेटअप र स्थापनामा टपेन्द्रले खर्च यतैवाट पठाए र सन्तोषलाई २५ प्रतिशत अनि छोरा सचिन्द्रलाई २५ प्रतिशत अनि सीड्नी मुख्यालयलाई ५० प्रतिशत हुने गरी संझौता गरेर काम अगाडि बढाए । ब्यापार राम्रो हुदै गर्दा आफ्नो कमिशन ढिलाभएप्छि सन्तोषले बिध्यार्थीको बिमावापतको ५२ हजार डलर नेपालमै राखेर आफ्नो कमिशन दाबी गरे । सन्तोषले पाउनु पर्ने रकम बराबरको पैसा उतै रोकपछि यतावाट पनि टपेन्द्र र सचिनले बिमाको पैसा चलाएको भन्दै आक्रोस पोखे । त्यसपछि दुइ पार्टी बिच हानाथाप प्रारम्भ भएको देखिन्छ । नेपालमा हुन्डी व्यबशायमा समेत संल्गन रहेका सन्तोष र सीड्नीका थापा बाबुछोरा बिच आपसी टकराब बढ्दै जादाँं सचिन्द्रले नेपालको २५ पतीशत शेयर माग्न थाले । त्यसपछि सन्तोषले आफुले कुनै पनि शेयर दिन नसक्ने भनेपछि झगडाले यी हिजो सगै खानपीन गरेका टोली बिच तिक्तता बढ्न पुगेको थियो ।
सचिन्द्रले हिजो अफीस स्थापना गर्दा मौखिक रुपमा संझौता गर्दा भनिएको शेयर नदिएपछि अफीस सेटअप गर्दाको लगानी भनेर ६० लाख रुपैया पुन यतै काटिदिएपछि सन्तोष रिसले आगो हुन पुगेका थिए । यही झगडा बिच सीड्नीका निर्देशकहरुको सहमतीमा एबीसी माइग्रेशन एन्ड एजुकेशनले आफ्नो अप्रेशन बन्द गर्दै कम्पनी समेत बन्द गरिसकेका छन । यसै बिच सीड्नीका अन्य दुइ निर्देशकहरुले पनि यो कम्पनी छाडेर अर्कै व्यबशाय प्रारम्भ गरी सकेका छन । तर अहिले आएर थापा बाबु छोरा र काठमाडौका सन्तोष अधिकारीको बिचको यो झगडाले उग्र रुप लिदै अनेकन समाचार बाहिर आइरहेका छन । हुन त थापा बाबुछोरा अस्ट्रेलिया बस्दै आएका छन भने सन्तोष काठमाडौ बस्छन । यस व्यबशायीक झगडा प्रारम्भ हुनुअघि यीनीबिच नङमासुको सम्वन्ध रहेको थियो । तर अहिले यी दुइ पार्टी बिच मारामारी सुरु भएको छ । टपेन्द्र सीड्नीका हुन्डी व्यबशायीका रुपमा परिचित भएपनि पछिल्ला दिनमा भने एजुकेशन एन्ड माइग्रेशनमा लागेका थिए भने सन्तोष नेपालमा बसेर लामो समय यसै व्यबशायमा संल्गन रहेका थिए । हुन्डीका दौरानपनि यीनिहरु बिच आपसी लेनदेनका कयैन पाटाहरु रहेको नजिकवाट नियाल्नेहरु बताउछन । हाल नेपालमा रहेका सन्तोषलाई धम्की र अपहरणका बिषयलाई प्रमुखता बनाइएपनि यीनले पछिल्लो सात आठ बर्षमा कमाएको सम्पती र यीनको धन्दाका बारेमा प्रश्न उठन थालेको छ ।
अस्ट्रेलियामा मनी ट्रान्सफर बैद्य धन्दा भएपनि नेपालमा भने यसलाई वर्जित गरिएको छ । यसैको फाइदा उठाएर अस्ट्रेलियामा निर्वाधरुपमा यो व्यबशाय चलेको छ ।