काठमाडौं । पुस १५, प्रचण्ड—माधव पक्षको बुधबार बसेको संसदीय दलको बैठकले अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरेको छ । यसअघि वर्तमान मुख्यमन्त्री डोरमणी पौडेल संसदीय दलका नेता थिए ।

बुधबार काठमाडौंमा बसेको प्रचण्ड—माधव पक्षको बैठकले प्रस्तावित मुख्यमन्त्री शाक्यलाई दलको नेता बनाएको हो । यसअघि, प्रचण्ड—माधव पक्षले मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गरेको छ ।

मुख्यमन्त्री पौडेलले आफूमाथि अविश्वासको प्रस्ताव परे लगत्तै संसदीय दलका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई बर्खास्त गरेका थिए ।