उम्मेदवारहरु निर्वाचनको प्रचारप्रसारमा व्यस्त

चुनाव नजिकिएसँगै उम्मेदवारहरुलाई प्रचारप्रसारमा भ्याई नभ्याई

भदौ २६ । प्रदेश नं २ को वीरगञ्ज महानगरपालिकामा नेपाली कांग्रेसका नगरप्रमुख र उपप्रमुखका उम्मेदवारहरु निर्वाचनको प्रचारप्रसारमा व्यस्त छन् ।

महानगर निर्वाचन परिचालन समितिले सार्वजनिक गरेको कार्यक्रम अनुसार सोमबार साँझ ६ देखि ८ बजेका बीचमा वडा नं १५, २५, १७, १९,२०, २४,२५, २४, २६, र २७ मा गरी १० वडामा कोणसभा कार्यक्रम राखिएको छ । उम्मेद्वारहरु मौन अवधिको चापमा पर्न लागेको हुनाले एकैदिन धेरै वडामा कार्यक्रम सम्पन्न गर्न लागेको हो ।

निर्वाचन परिचालन समितिले दिएको जानकारी अनुसार सोमबार साँझ ६ बजेदेखि वडा नं १५ को लछुमनवा र १७ को अलौंमा कोणसभा आयोजना हुनेछ । लछुमनवाको कोणसभाको जिम्मेवारी इश्वरभक्त श्रेष्ठ,प्रकाश उपाध्यय,किरण सरकार,रामनारायण कुर्मी, श्याम पटेल र सन्तोष सिंह लगायतका जिल्ला र नगर नेताहरुलाई दिइएको छ । त्यस्तै अलांैको कोणसभाको जिम्मेवारी राजेन्द्रबहादुर अमात्य, शम्भुहजारा पासवान, राजकृष्ण अमात्य, मो. सत्तार र रामनारायण पटेललाई दिइएको छ । यस्तै साँझ ७ देखि वडा नं २५ को सिर्सिया र वडा नं २६ को सुगौलीमा कोणसभा हुनेछ ।

सिर्सियाको कोणसभालाई सांसद अनिल रुंगटा, ओमप्रकाश शर्मा, श्याम पोखरेल, विजय शर्राफ, वीरेन्द्र पटेल र बैकुण्ठ श्रीवास्तवले व्यवस्थापन गर्ने जिम्मेवारी लिएका छन् भने सुगौलीको कोणसभालाई मो.सत्तार, राजेन्द्रबहादुर अमात्य, रामरुप कुर्मी, विजय कर्ण, बनेल राम, प्रेमचन्द दूवे र रोशन लामिछानेले व्यवस्थापन गर्नेछन् । यस्तै साँझ ८ बजे वडा नं २० को हरपतगञ्ज र २४ को रामगढवामा कोणसभा हुने भएको छ । हरपतगञ्जको कार्यक्रमलाई श्याम पोखरेल, दीलिप कार्की, राकेश यादव, राधेश्याम चौरसियाले व्यवस्थापन गर्छन् भने रामगढवाको कार्यक्रमलाई ओमप्रकाश शर्मा, राजनाथ ठाकुर राकेश सिंह,रामरुप कुर्मी, रिना गुप्ता,नरेन्द्र शाह र प्रेमचन्द दूवेले व्यवस्थापन गर्ने जिम्मा लिएका छन् ।

सोही समयमा वडा नं २७ को उदरपुर घुर्मीमा पनि कोणसभा राखिएको छ, सो सभालाई पुनेल राम, राकेश यादव र विजय कर्णले व्यवस्थापन गर्ने नेपाली कांग्रेस निर्वाचन परिचालन समितिले जानकारी दिएको छ ।