काठमाडौं,फागुन १२ गते कृषि मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापना भए पछी पुष्पकमल दाहाल र माधव कुमार नेपालले खुसियालीमा एक–अर्कालाई लड्डु खुवाए छन् मलाई थाहा छैन । उनले प्रश्न गरे, प्रचण्ड र नेपालले के जिते ?
सर्वोच्च अदालतको फैसला सामान्य प्रक्रिया भएको त्यसमा खुसियालीमा लड्डु खानु पर्ने कुरै छैन भन्दै उनले कटाक्ष गरेका थिए ।
प्रधानमन्त्रीमा रहुन्जेल राम्रो काम गर्छु र गरेको पनि छु,अझै पनि यो भन्दा नि राम्रो गरेर देखाउने छु । उनले हाँस्दै भने हिजो अदालतको फैसला आए पछि केही भाइहरूले लड्डु खुवाएछन् खुसी भएर । के जिते ? के पाउँछन् अब हेर्नुछ । मेरो विचारमा भोलि पर्सिबाट फेरि राजीनामा देऊ भन्नुहुन्छ होला । त्यस्तै उनले पदमा रहुन्जेल राम्रो काम गर्ने मेरो आफ्नो संकल्पमा अदालतको फैसलाले कुनै असर गर्दैन समेत बताए ।
उनले भने को मान्छे कति बेला मर्नसक्छ ठेगान हुदैन, जतिबेलासम्म बाँचिन्छ राम्रो काम गर्ने र गतिशील हुने आफ्नो संकल्प रहेको छ ।
जुनसुकै परिस्थितिमा पनि एकनास्को रहने, नआत्तिने नमात्तिने आफ्नो स्वभाव रहेको भन्दै देश बनाइ छाड्ने सकंल्पमा अघि बढ्ने उनले प्रतिबद्धता जनाए ।
इतिहासमा धेरैले गौतम बुद्धको नाम सम्झिए पनि धेरै मान्छे प्रधानमन्त्री, राजा महाराजा भए कसले सम्झिएको छ ? भन्दै उनले भने, अनन्तकालसम्म मलाई सम्झिरहनुहुन्छ भन्ने कुनै भ्रम छैन । म भ्रमहरूबाट मुक्त मान्छे हुँ ।