ओलीले प्रमुख सचेतकबाट हटाए गुरुङलाई

काठमाण्डौ,फागुन १४ गते सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाइएर प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरिएको छ ।

संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार संसदीय दलका नेता केपी ओलीले प्रमुख सचेतक परिवर्तन गरेको बताएका छन् ।