म रहिन भने पनि अन्यथा नमान्नुहोला–प्रधानमन्त्री ओली

पोखरा,फागुन १७ गते गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ज्यान तलमाथि भयो भने अन्यथा मान्न नहुने बताउदै विकासका कामहरू देखेर देशी विदेशी तत्वहरुबाट प्रहार खेपिरहेको बताएका छन् ।

उनले भने, विकासका काम गरिरहेको देखेर नै देशी विदेशी तत्व सरकार असफल पार्न लागिरहेका र विकास निर्माणको कामले गति लिइरहेको कारणले म माथि प्रहार भएको छ । सम्पूर्ण रूपमा म माथि अत्यन्तै तीव्र रुपमा प्रहार भएको समेत बताए ।

यस्तै, उनले आफूमाथि शारीरिक हमलाको हुनसक्ने लख पनि काटे । प्रशिक्षण कार्यक्रममा भने,अन्यथा नमान्नुहोला, ममाथि शारीरिक हमला नै भयो, मेरो ज्यान तलमाथि भयो भने पनि अन्यथा नमान्नुहोला । तर त्यस्तो हुँदैन । म रहिन भने पनि अन्यथा नमान्नुहोला, पार्टी छ, विचार छ ।