त्रिदेशीय कप फुटबल नेपाल च्याम्पियन

त्रिदेशीय कप फुटबलको फाइनल खेलमा नेपालले बंगलादेशलाई २ १ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको छ।

नेपालको लागि खेलको १८ औं मिनेटमा सञ्जोग राई र ४१ औं मिनेटमा विशाल राईले गोल गरेका थिए । नेपालका लागि पहिलो गोल गर्ने सञ्जोग म्यान अफ द म्याच बन्दै दुई सय पचास अमेरिकी डलर पुरस्कार पाए ।

सञ्जोगको गोल जारी त्रिदेशीय कपमा नेपालका लागी गरेको पहिलो गोल हो। सञ्जोगले राष्ट्रिय टिमबाट गरेको पनि यो पहिलो गोल हो। उनले डेब्यु गरेको दोस्रो खेलमा नै गोल गर्न सफल भएका छन् ।

नेपाली टिमले १८ महिनापछि पहिलो पटक गोल गरेको हो । पछिल्लो पटक सन् २०१९ को सेप्टेम्बरमा भएको विश्वकप छनोटमा अन्जन विष्टले चाइनिज ताइपेइविरुद्ध गरेका थिए । त्यसपछिका ८ खेलमा नेपालले गोल गर्न सकेको थिएन ।

त्यस्तै, प्रतियोगिताको ुमस्ट भ्यलुएबल प्लेयरु को रुपमा नेपालका रोहित चन्द पुरस्कृत हुँदै पाँच सय अमेरिकी डलर हात पारे।

हिजोकै खेलबाट नेपालका लागि सर्वाधिक क्याप जितेका विराज महर्जनले अन्तरराष्ट्रिय खेलबाट सन्यास लिएका छन्।

खेलको दोस्रो हाफमा बंगलादेशले एक गोल फर्काएको थियो । खेलको ८३ औं मिनेटमा महबुर रहमानले गोल गर्दै खेल २(१ को स्थितिमा पुर्‍याएका थिए ।

थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टिम सहभागी थिए ।

च्याम्पियन नेपालले ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । बंगलादेशले ३ हजार डलर पायो ।