एक्सपर्ट कप अन्तर राज्य क्रिकेट प्रतियोगिता यसै साता

भिक्टोरिया नेप्लीज क्रिकेट संघको आयोजना तथा एनआरएन अस्ट्रेलिया खेलकुद बिभागको समन्वय अनि एक्सपर्ट एजुकेशनको प्रायोजनमा यहि आउँंदो अप्रील १० र ११ गते एक्सपर्ट अन्तर राज्य त्रिकोणात्मक क्रिकेट प्रतियोगिता मेलवर्न नजिकै जिलोङमा आयोजना हुने भएको छ ।
तास्मानिया, न्यु साउथवेल्स र भिक्टोरियाको टोली सहभागि हुने प्रतियोगितामा थुप्रै नेपाली राष्ट्रीय क्रिकेट टोलीमा देखिएका अनुहारहरु समेत मैदानमा देखिने भएका छन । तास्मानिया नेप्लीज क्रिकेट संघको टोलीको नेतृत्व पुर्व राष्ट्रीय टोलीका तेज बलर अमृत भट्टराइ ,उमेर समुहवाट प्रतिनिधित्व गरेका गोबिन्द कार्की, न्युसाउथवेल्सवाट राष्ट्रीय क्रिकेट प्रतीयोगिता खेलेका नविन गुरुङको नेतृत्वमा र भिक्टोरियावाट भने राष्ट्रिय प्रतियोगिता खेलेका
पुर्वान्चलका कुशल तुलाधरको नेतृत्वमा सन्दिप यादव लगायतका चिरपरिचित अनुहार मैदानमा उत्रने भएका छन ।
लिग कम फाइनलको आधारमा दुइ दिनसम्म चल्ने प्रतियोगिताको उपाधि विजेता टिमलाई ट्रफी तथा प्रमाणपत्र बितरण गरिने आयोजक भिक्टोरिया नेप्लीज क्रिकेट संघका अध्यक्ष सुजित बस्नेतले बताए । अस्ट्रेलियामा छरिएर रहेका प्रतिभाशाली क्रिकेट खेलाडीहरुको मौका परिक्षा र आपसी भाइचाराका लागि प्रतियोगिताको संरचना तयार पारिएको एनआरएन खेलुकद बिभागका सह संयोजक यशवन्त सुबेदीले बताए । उनले यस प्रतियोगिता एनआरएनको छातामुनी रहेर राष्ट्रीय प्रतियोगिताको ढोका खोल्ने अवसरका रुपमा पनि रहेका बताए । स्मरण रहोस नेपाल सरकारले गत वर्षदेखि राष्ट्रीय खेलुकद
प्रतियोगितामा एनआरएन टिमलाईपनि सहभागि गराउदै आएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा एक्सपर्ट एजुकेशन तथा अन्य सहयोगीहरुमा हंग्री आइज रेस्टुरेन्ट ,थ्रिआरजे, बुद्ध ट्राभल्स , एभरेष्ट ड्राइभिङ, डेस्टीनी लिभिङ , एमएनटीभी, क्याप्कर्न, लालिगुराश लगायत रहेका छन ।