कात्रो उघारी हेर्न भनेर नआउनु तिमीले ।
सुनेपछि मलामि भनेर नधाउनु तिमीले ।।
हो आजन्मको सम्भन्ध टुटाएउ निर्दयी ।
मेरो घरमा जति पिडा नपाउनु तिमीले ।।
आखिर जिवनै त हो धरती छोडनु पर्छ ।
दुखै(दुखमा जिन्दगी नकटाउनु तिमीले ।।
टलपल गहभरी आँसु पारेर लाछमा ।
दोष के थियो खुसुक्क नबताउनु तिमीले ।। गौरव राई
107
Shares