निधि, कोइराला र सिंहबीच व्यापक छलफल

काठमाडौं । नेपाली कांग्रेसको १४ औं मआधिवेशनलाई लक्षित गरी उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच छलफल भएको छ । उक्त छलफल महाराजगञ्जस्थित कोइराला निवासमा तीन नेताबीच छलफल भइरहेको हो ।

कोइरालालाई भेट्न निधि र सिंह महाराजगन्ज पुगेका हुन् । यसअघि निधि निवासमा तीन नेताबीच छलफल भएको थियो । भेटमा प्रतिनिधिसभा विघटनको मुद्दामाथिको बहस, महाधिवेशनको तयारी र नेतृत्व फेरबदलका सन्दर्भमा छलफल भइरहेको बुझिन्छ ।

नेपाली कांग्रेसका संस्थापक नेताहरु बीपी कोइराला, महेन्द्र नारायण निधि र गणेशमान सिंहका सुपुत्रत्रय निधि, सिंह र कोइराला पनि सभापति पदका आकांक्षी हुन् । आगामी १४ औं महाधिवेशनमा सहकार्य गरेर जाने विषयमा तीन नेताबीच छलफल भइरहेको हो । उनीहरूबीच नेतात्रयको अवधारणाअनुरुप अघि बढ्ने विषयमा सहमति खोज्ने प्रयास भइरहेको छ ।

उता कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय केन्द्रीय सदस्यहरूको भेला बोलाएका छन् । १४औं महाधिवेशनमा क्रियाशील सदस्य नवीकरण गर्दा धाँधली भएको दाबी गर्दै पौडेलले आफू निकट नेताहरूको भेला बोलाएका हुन