काठमाडौं । चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको नयाँ चलचित्र ‘प्रेमगञ्ज’ को लागि गायक र गायिकाको खोजी हुँदै छ । उक्त चलचित्रको लागि नायक नायिकाका साथै अन्य कलाकारको लागि पनि यसरी नै खोजी र छनौट गरिएको थियो । यस चलचित्रमा २५ बर्षदेखि नेपाली चलचित्र उद्योगमा स्पट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेका छन् ।
‘प्रेमगञ्ज’ विशुद्ध प्रेम कथामा आधारित चलचित्र हो । मुख्य कलाकारमा नायक तेज गिरी, नायिकामा बेनिशा हमाल र सम्पदा बानियाँ रहेका छन् । सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाल अडिसनबाट छानिएका छन् । चलचित्रका अन्य कलाकारमा नरेश पौडेलल, रश्मी भट्ट, पवन भट्टराई, सन्जोग रसाइली, गीता अधिकारी, अन्चित ढुङ्गाना लगायतको अभिनय रहने छ ।
चलचित्र चौतारीको ब्यानरमा निर्माण भैरहेको चलत्रिका निर्माता राजु फुयाँल छन् भने कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ रहेका छन् । त्यस्तै ‘आँधी तुफान–२’ को पनि निषेधाज्ञाले सुटिङ रोकिएको थियो । २५ प्रतिशत छायांकन सकिँदै गर्दा काम रोकिन पुगेको हो । फिल्मको छायांकन अब कहिले सुरु हुन्छ अभैm एकिन भएको छैन । त्यसबेलै निर्मातहरुले भनेका थिए, ‘निषेधाज्ञा पूर्ण रुपमा खुलेपछि फिल्मको छायाँकन थाल्ने,’ निर्देशक मदन घिमिरेले बताएका थिए ।