प्रदेश नं २ का उर्जा बिकाश मन्त्री शर्माको प्रतिबद्दता

अनिलकुमार साह
पथलैया, २४ असार

प्रदेश नं. २ का खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्माले खानेपानीको चरम अभाव झेलीरहेको बाराको अमलेखगञ्जका  जनतालाइ खानेपानीको ब्यबस्था छिट्टो भन्दा छिट्टो गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन।

पानीको अभाब खेपिरहेका आफ्ना नागरिकहरुलाइ पथलैया स्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा रहेको ओभरहेड ट्यांकीको क्षमता बिस्तारको गर्न पहलका लागि उर्जा मन्त्रालय  पुगेका सांसद शोभा लामासहितको टोलिलाइ मन्त्री शर्माले प्रतिबद्दता जनाएका हुन।

नेपाली काँग्रेस जीतपुरसिमरा नगरसभापति  श्यामबाबु गुप्ता सहितको टोलिले अब निर्माण हुने ट्यांकीले अमलेखगञ्जका बासिन्दालाई समेत लाभ मिल्नेगरी योजना अघी बढाउन राय दिएको कुरा टोलीमा सहभागी हुनपुगेका एक स्थानिय बासिले बताए।

पाईलाईनमार्फ डिजल पुर्याउन सकिने अमलेखगञ्जमा खानेपानी समेत सोही प्रकृयाबाट पुर्याउन सकिनेबारे सम्भाब्यता अध्ययन गरी तत्काल काम अघी बढाउने प्रतिवद्धता समेत मन्त्री शर्माले ब्यक्त गरेको सभापती गुप्ताले बताए।

अमलेखगञ्जमा अहिले चुरेस्थित बिजौरा खोलाको मुहानबाट पानी संकलन गरि त्यहाँस्थित उद्योग कलकारखानालगायत ६ सय ४२ घरधुरीलाई पानी वितरण हुँदै आएको छ तर बढ्दो जनसंख्या र सहरीकरणका कारण सो पानी पर्याप्त नहुँदा तत्काल अर्को विकल्प आवश्यक देखिएको छ । जसको लागि सक्दो चाँडो सो काम थाल्नु पनि उनले बताए।

सो टोलीमा वडा नं. १ का वडा अध्यक्ष हिरा बहादुर गुरुङ, पथलैया खानेपानीका अध्यक्ष सुरेश लामा, सचिव मदन कंशकार लगायतको सहभागिता रहेको थियो।