यही आउदो जुलाइ ३१ तारिखमा आयोजना हुने एनआरएन अस्ट्रेलियाको अध्यक्षको प्रत्यासीका रुपमा डा ज्ञानेन्द्र रेग्मी मैदानमा उत्रने भएका छन । प्रवक्ता र वर्तमान महासचिबका रुपमा एनआरएनएलाई नजकवाट नियालेका डा रेग्मी अस्ट्रेलियन सरकारका वरिष्ठ इन्जिनियर समेत हुन । इन्जिनियरीङमा बिद्यावारीधि गरेका डा रेग्मीले यस पटक हाम्रो एनआरएन अनि राम्रो एनआरएन नाराका साथ समुहगत रुपमा उमेदबारी अगाडि सारेका हुन । डेमोक्रयाट समुहवाट आधिकारीक रुपमा अगाडि बढाइएका रेग्मीले सबैखाले बिचारका व्यक्तीहरुलाई समेत टिममा सामेल गराएर यस पटक चुनाबी प्रकृयामा होमिएका हुन । परोपकारी कार्य गर्न आउने मनसायमा एनआरएनमा आउदैगर्दा मेरो र तेरो हैन हामी सबैको भन्ने भावना बोक्नुपर्छ भन्ने मेरो मुल मन्त्र हो ,रेग्मीले भने ।
सामुहिक भावनामा हाम्रो अर्थात सबैको साझा संस्थाका रुपमा राम्रो बनाउने अभियान बोकेर यस पटक एनआरएन अस्ट्रेलियाको अध्यक्ष पदमा उमेदवारी दिने निर्णयमा पुगेको बताउछन डा रेग्मी । एक कार्यकाल प्रवक्ता र एक कार्यकाल महासचिब भएर संस्थालाई साझा चौतारीका रुपमा अगाडि बढाउने मेरो प्रयासलाई निरन्तरता दिने क्रममा यस पटक अध्यक्ष पदमा प्रत्यासी बनेको छु । परोपकारी भावनामा संस्थालाई अगाडि बढाउने र सबैको समान सहभागिता गराउने मेरो प्रयासमा सबैले साथ दिने बताउछन रेग्मी । मेरो र तेरो होइन हामी सबैको अनि राम्रो देखिने मात्र होइन सबैले हाम्रो भन्न पाउने एनआरएन बन्नु पर्छ भन्ने मेरो मुल्य र मान्यता हो । एनआरएन अभियानमा लागेको एक दशक र दुइ कार्यकालमा पदाधिकारी भएर बटुलेको अनुभवलाई समेटेर संस्थालाई थप उचाइमा पुरयाउने उनको लक्ष्य रहेको छ । एनआरएन अभियानको एउटा सीपाहीको रुपमा अगाडि बढदै गर्दा मन बचन र कर्मले संस्थाको हित र उन्नती अनि प्रगतीको वाटोमा अगाडि बढाउने रेग्मीले सुनाए ।
यसैले पनि यस पटक जुलाइ ३१ मा हुन गइरहेको एनआरएन अस्ट्रेलियाको निर्वाचनमा अत्यधिक भोट दिएर हाम्रो (सबैको) अनि राम्रो ( समान सहभागिता) हुने मेरो टीमलाई विजयी बनाउन हार्दिक अपील गरेका छन ।
243
Shares