सानिमा इन्स्योरेन्स कम्पनीले आईपिओ निष्कासन गर्दै

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आईपिओ निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासनको लागि अनुमति दिएको हो ।

कम्पनीले गत असार ९ गते आईपिओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा निवेदन दिएको थियो । १ अर्ब ४० करोड रुपैयाँ चुक्तापुँजी रहेको इन्स्योरेन्स कम्पनीले आईपिओ बिक्री तथा प्रबन्धकको जिम्मा प्रभु क्यापिटल लिमिटेडलाई दिएको छ । आईपिओ जारी गरेपछि कम्पनीको चुक्तापुँजी २ अर्ब हाराहारी पुग्ने छ ।